भारतले गर्‍यो कैलाश रेन्जबाट हटेर गल्ती, चीनले दिँदैछ दबाब

भारत र चीनका सैन्य कमान्डरहरूबीचको १३औं चरणको वार्ता निष्कर्षविहीन रह्यो । दुवै पक्षले एकअर्काका विरुद्ध कडा बयान जारी गरेका छन् । पूर्वी लद्दाखका बाँकी क्षेत्रबाट सैनिक फिर्ता गराउन चीन अनिच्छुक रहेको आरोप भारतले लगाएको छ । चीनले चाहिँ भारत अनावश्यक जिद्दी गरिरहेको आरोप लगाएको छ ।

चीनको बयानबाट स्पष्ट हुन्छ– पांगोङ ताल कैलाश रेन्ज तथा भारतका लागि महत्त्वपूर्ण गोगरा पोस्ट नजिक पट्रोलिङ पोस्ट–१७ए भन्दा बाहेक अन्य ठाउँबाट सैनिक हटाउन चीन इच्छुक छैन ।

चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमान्डका प्रवक्ता वरिष्ठ कर्नेल लोङ शाओह्वाले भारत असंगत तथा अवास्तविक माग गरिरहेको र कुराकानीमा त्यसैले समस्या ल्याएको बताउँछन् ।

भारतले अघिल्लो वार्तामा कैलाश पर्वतशृंखलाको टाकुराबाट सैनिक फिर्ता हटाउने सहमति गर्नै हुँदैनथियो भनी रक्षा विशेषज्ञहरूले चेतावनी दिएका थिए । त्यस टाकुरामा बस्दा चीनमाथि भारतको अग्रता कायम थियो ।

सामरिक मामिला विशेषज्ञ ब्रह्मा चलानीले कैलाश रेन्जमा भारतीय सैनिकको नियन्त्रण महत्त्वपूर्ण रहेको बताएका थिए । कैलाश रेन्ज हिमालयको सबभन्दा अग्लो र अप्ठ्यारो भागमध्ये एक हो ।

भारतीय सेनाले चिनियाँ सेनासँग १३औं चरणको कुराकानीपछि बयान जारी गरेर बतायो, ‘कुराकानीका क्रममा भारतीय पक्षले अन्य क्षेत्रको समस्या समाधानका विषयमा सकारात्मक सुझाव दिए तर चिनियाँ पक्षले तिनमा सहमति जनाएन । त्यसैले कुनै समाधान निस्केन ।’

देप्साङ लगायत कतिपय स्थानमा भारत र चीनका सैनिकहरू आमनेसामनेको स्थितिमा छन् । चिनियाँ सेनाले भारतीय सेनालाई पहिलेदेखि गश्ती गर्दै आइरहेको चार्डिङ निङलुङ नालासम्म जान दिइरहेको छैन । चिनियाँ सैनिकहरूले यो बाटो रोकेर राखेका छन् ।

भविष्यमा पनि यी क्षेत्रहरू खाली गर्नका लागि चीनसँग कुरा मिलेन भने भारत सरकारले असहज प्रश्नको सामना गर्नुपर्ने हुन्छ । आफ्नो क्षेत्रबाट चिनियाँ सैनिक नहटाइकनै कैलाश रेन्जको उचाइमा पाएको रणनीतिक अग्रता भारतले किन गुमाएको हो ? यो प्रश्न पक्कै उठ्नेछ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…