विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुरको पासपोर्टले राख्यो नयाँ रेकर्ड

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान र सिंगापुरको पासपोर्टले नयाँ रेकर्ड कायम राखेका छन् । विश्व नागरिकता र निवास बारे तथ्यांक राख्ने हेन्ले एण्ड पार्टनर्सले संसारको सबैभन्दा लोकप्रिय पासपोर्टको बारेमा आफ्नो त्रैमासिक रिपोर्ट अक्टोबर ५ मा जारी गरेको छ ।

जारी गरिएको रिपोर्ट अनुसार विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टमा जापानसँगै सिंगापुर रहेको छ । दुवै देशका पासपोर्ट बाहकले १९२ देश तथा क्षेत्रमा निर्वाध यात्रा गर्न पाउने विवरणमा उल्लेख छ ।

यसैगरि दोस्रो नम्वरमा जर्मनी र सिंगापुर १९० देशमा प्रवेश सहुलियत पाएको सूचिमा रहँदा तेस्रो नम्वरमा फिनल्याण्ड, ईटाली, अक्जेम्बर्ग, स्पेन रहँदा क्रमश चौथो अष्ट्रिया र डेनमार्क, पाचौंमा फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल, स्विडेन रहेको छ ।

लन्डनमा आधारित यस कम्पनीले नागरिकता र निवासको आधारमा ताजा रिपोर्टहरु सार्वजनिक गर्ने गर्दछ ।फर्मको हेन्ले पासपोर्ट सूचकांक, अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएशनद्वारा प्रदान गरिएको विवरण र अन्य तथ्यांकहरुमा आधारित रहने गर्दछ । हेन्लेले सन् २००६ पछि संसारभरको यात्रा मैत्री पासपोर्टहरुको अनुगमन गर्दै आएको छ ।

सूचकांकले कोभिड महामारिका कारण लगाइएको अस्थायी प्रतिबन्धलाई यसको स्थान कायम राख्ने काममा समेटेको छैन ।कमजोर पासपोर्टको सूचिमा नेपाल भने उत्तर कोरिया भन्दा तल रहेको छ ।

उत्तर कोरियाली पासपोर्ट वाहकले ४० देश तथा क्षेत्रमा सहज प्रवेश पाउँदा नेपाली पासपोर्ट वाहकले केवल ३७ देशमा सहज यात्रा गर्न पाउँछन् ।संसारका केवल ४० भन्दा कम देशमा फ्रि भिसा वा अन अराईभल भिसा पाउने कमजोर देशहरुको सूचिमा

१०९ नम्वरमा उत्तर कोरिया ११० नम्वरमा नेपाल र प्यालेस्टाईन रहेको छ ।यस बाहेक त्यो भन्दा तल्लो सूचिमा सोमालिया, यमन, पाकिस्तान, सिरिया, ईराक, अफगानिस्तान रहेका छन् ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…