जन्मदिनमा अमिताभले गरे ‘पान मसला’को विज्ञापनमा काम नगर्ने घोषणा

बलिउडका सर्वाधिक सफल नायक अमिताभ बच्चन आज आफ्नो ७९ औं जन्मदिन मनाइरहेका छन् । ७९ बर्षको उमेरमा पनि अमिताभ बलिउडका सर्वाधिक सफल र व्यस्त नायक हुन् । आज पनि उनको हातमा चलचित्रको कुनै अभाव छैन ।

उनै, अमिताभले जन्मदिनको अवसर पारेर एक पान मसलाको विज्ञापन नगर्ने घोषणा गरेका छन् । उनले, एक पान मसलासँगको संझौता सकिएको जानकारी दिएका छन् ।

पान मसलाको विज्ञापन सार्वजनिक भएको केही हप्तापछि अमिताभले ब्रान्डसँग सम्पर्कै गरेका थिए । उनले, गत साता नै यो यो ब्रान्डसँगको संझौता अगाडि नबढाउने फैसला लिएका थिए । जब अमिताभ यो बूान्डसँग जोडिएका थिए त्यतिबेला उनलाई यो विज्ञापन सरोगेट अन्र्तगत पर्छ भन्ने थाहा थिएन । अमिताभले ब्रान्डसँगको संझौता खारेज गर्दै प्रमोशन शुल्क समेत फिर्ता दिएका छन् ।

जब, यो विज्ञापन सार्वजनिक भएको थियो त्यसपछि अमिताभको सामाजिक संजालमा खुबै ट्रोल पनि भएको थियो । अमिताभलाई यस्ता विज्ञापनमा काम गर्न किन पर्यो भनेर धेरै सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न पनि गरेका थिए ।

जसको जवाफ दिदै अमिताभले भनेका थिए–‘म माफी चाहन्छु । तर, यदि कसैको व्यवसायमा सहयोग पुग्छ भने त्योसँग किन जोडिन्छ भनेर सोच्नु हुँदैन । यदि व्यवसाय हो भने हामीले पनि आफ्नो व्यवसायको बारेमा सोच्नु पर्दछ ।

तपाइलाई मैले किन यो विज्ञापनमा काम गरे भन्ने लागेको होला । यो विज्ञापनमा काम गर्दा मलाई पैसा मिल्छ । हाम्रो उद्योगमा जो लाखौं मानिसहरु काम गर्छन्, उनीहरुलाई पनि रोजागर मिल्छ ।’ अमिताभ पान मसलाको विज्ञापनमा देखिएपछि एक एनजीओ कम्पनीले उनलाई पत्र लेखेर यो ब्रान्डलाई प्रमोशन नगर्न आग्रह गरेको थियो ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…