कतार विश्वकप मेरा लागि अन्तिम हुनसक्छ : नेइमार

काठमाडौं । ब्राजिलका फुटबल स्टार नेयमारले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुन सक्ने बताएका छन् । २९ वर्षका नेयमारले मानसिक पक्षको कारण आफ्ना लागि कतार विश्वकप अन्तिम हुन सक्ने बताएका हुन् । यद्यपि शारीरिक हिसाबमा भने आफू अझै पनि सबल रहेको उनको भनाइ छ ।

भिडियो स्ट्रिमिङ सर्भिस डीएजेएनलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘मलाई २०२२ को कतार विश्वको मेरो अन्तिम विश्वकप हो कि जस्तो लाग्छ । किनकी त्यसपछि पनि फुटबल खेल्न मसँग मानसिक क्षमता हुन्छ कि हुँदैन भन्ने थाहा छैन ।’

कतार विश्वकपबारे उनले अघि भनेका छन्, ‘राम्रो लयमा रहन, देशलाई जिताउन र आफू सानो हुँदादेखिको सपना पूरा गर्न सबै प्रयास गर्नेछु र मलाई यो पूरा गर्न सक्छु जस्तो लाग्छ ।’

कुराकानीका क्रममा नेइमारले सन् २०१४ को विश्वकपमा आफ्नो ढाडमा चोट लागेको घटना पनि सम्झिए । ‘यो मेरो जीवनको सबभन्दा खराब घटनामध्ये एक हो । यसले मेरो विश्वकप खेल्ने सपना ध्वस्त पार्‍यो, सेमिफाइनल, फाइनल खेल्नका लागि म एक पाइला पनि अघि बढ्न सकिनँ । म अनियन्त्रित भएर रोएको थिएँ’, उनले सम्झिए ।

‘उनीहरुले मलाई अस्पताल लगेका थिए । डक्टरले मलाई हेरेर भने – मसँग दुईटा समाचार छ, एउटा खुसीको र अर्को दुःखको । तपाईँ पहिला के सुन्न चाहनुहुन्छ ? मैले भने मलाई खराब समाचार सुनाउनुहोस्’, नेइमार भन्छन्, ‘उनले भने– तपाईं विश्वकपबाट बाहिरिनुभएको छ । रुँदै मैले सोधेँ, खुसीको समाचार के हो ? उनले भने–यदि यो चोट दुई सेन्टिमिटर साइडमा हुन्थ्यो भने तपाईं पुनः हिँड्न सक्नुहुन्नथ्यो ।’

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…