एमसीसी पास नगरे नेपाल विदेशीको स्वार्थको भुमरीमा फस्‍नेछ : डा भट्टराई

पूर्वी नवलपरासी । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालले अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम राख्नका लागि पनि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास गर्नुको विकल्प नरहेको बताए ।

सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा समाजवादी पार्टीले आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन् – ‘अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम गर्न पनि एमसीसी पास गर्नैपर्छ । होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्नेछ ।’ उनले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तान जस्तै बन्ने दावी गरे ।

‘यस कारण पनि जनता समाजवादी पार्टी एमसीसी पास गर्नैपर्छ भन्ने पक्षमा छ’ डा भट्टराईले बताए । उनले आफ्नो पार्टी कुनै पनि शक्ति राष्ट्रसँग दुश्मनी पनि नगर्ने तर नझुक्ने बताए । कार्यकर्ता भेटघाटमा उनले आफ्नो पार्टीको भविश्य उज्ज्वल रहेको भन्दै सर्मपित भएर संगठन बनाउन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका थिए ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…