धेरै मात्रामा जिराको सेवन घातक : मिर्गौला र कलेजोमा असर

विशेषगरी मसलाको रुपमा प्रयोग हुने जिराका धेरै फाइदाहरु छन् । यसलाई बटरमिल्क, दाल, सलाद आदि खानेकुरामा पनि प्रयोग गर्ने गरिन्छ । यसले खानाको स्वाद पनि बढाउँछ । तर, धेरै मात्रामा जिराको सेवन घातक मानिन्छ ।

छाती पोल्ने : जिराले पेटमा हुने ग्यासको समस्या कम गर्न मद्दत गर्छ । तर, यसले छाती पोल्ने समस्या पनि पैदा गर्छ । जिराले तीव्र गतिमा ग्यास निकाल्ने काम गर्ने भएकाले मानिसहरुमा छाती पोल्ने समस्या हुन्छ । भने, कहिलेकाँही डकार पनि आउने गर्छ ।

मिर्गौला : जिरामा हुने तेल अत्यधिक वाष्पशील हुन्छ । त्यसैले यसको धेरै सेवन गर्दा मिर्गौला र कलेजो खराब हुने सम्भावना बढ्छ । तर, यो समस्या लामो समयसम्म लगातार जिराको सेवन गर्दा मात्रै हुने चिकित्सकहरु बताउँछन् । त्यसैले जिराको सेवन उचित मात्रामा गर्नुपर्छ ।

नार्कोटिक इफेक्ट : जिराको अत्यधिक सेवनले मेन्टल क्लाउडिङ, धेरै निन्द्रा लाग्ने र शरीर बेचैन हुने जस्ता समस्या आउँछ ।

रक्तचाप कम हुन्छ : धेरै जिराको सेवनले रक्तचाप निकै कम भइदिन्छ । त्यसैले रगतमा चिनीको मात्रा नियन्त्रण गर्नका लागि जिराको सेवन गर्दा सही मात्रामा गर्नुपर्छ । यदि शल्यक्रिया गर्दै हुनुहुन्छ भने दुई हप्ताअगाडि नै जिराको सेवन गर्न छोड्नुपर्छ ।

गर्भवती वा स्तनपान गराउने महिला : जिरालाई गर्भवती वा स्तनपान गराउने महिलाले औषधिको रुपमा प्रयोग गर्नुहुँदैन ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…