शाहरुख खानका छोरा आर्यन जेलमै बस्नुपर्ने

ड्र’ग्स केसमा फसेका शाहरुख खानका छोरा आर्यन खानको समस्या बढेको छ । सेसन कोर्टमा ११ अक्टोबर हुने सुनुवाई अब १३ अक्टोबरमा हुनेछ । यसकारण अब आर्यनले कम्तीमा तीन दिनसम्म जेलमा बन्द हुनुपर्नेछ । यो विषयमा एनसीबीले जवाफ दर्ता गर्नुपर्ने थियो जसका लागि उनीहरुले बुधबारसम्मको समय मागेका छन् ।

एनसीबीले माग्यो बुधबारसम्मको समयः

एनसीबीले कागजातको काम बाँकी नै भएको भन्दै बुधबारसम्म जवाफ दिनका लागि समय माग गरेको छ । उनीहरुका अनुसार हाल कागजपत्रका केही काम बाँकी छन् जसका कारण उनीहरुलाई समय लागिरहेको छ । एनसीबीले बुधबार बिहान ११ बजेसम्म आफ्नो जवाफ दर्ता गरेको छ ।

आर्यनको केस हेरिरहेका उनका वकिल सतिश मानशिन्दे र अमित देसाई अदालत पुगेका थिए । साथै शाहरुख खानकी म्यानेजर पूजा ददलानी पनि अदालत पुगेकी थिइन् । तर दुई दिनपछि १३ अक्टोबरको सुनुवाईको आदेशपछि सबैजना फिर्ता हुनुपरेको छ । स्मरण रहोस्, आर्यन यतिबेला आर्थर रोड जेलमा बन्द छन् र अब उनले थप तीन दिन जेलमा बिताउनुपर्नेछ ।

मजिस्ट्रेट कोर्टमा खारेज गरिएको थियो आर्यनको जमानत याचिका

यसअघि ८ अक्टोबरमा मुम्बईको मजिस्ट्रेट कोर्टले आर्यन खानको जमानत याचिका खारेज गरिदिएको थियो । मजिस्ट्रेट आर एम नेरलिकारले आर्यनका वकिल र एनसीबीबीच लामो बहसपछि निर्णय सुनाएको थियो ।

स्मरण रहोस्, आर्यन खान १४ दिनको हिरासतमा छन् । ड्रग्सको यो केसमा एनसीबीले थप २० जनालाई पक्राउ गरेको छ जसमा दुई विदेशी नागरिक पनि समावेश छन् ।

शनिबार ९ अक्टोबरमा एनसीबीले शाहरुख खानका ड्राइभरलाई पनि सोधपुछका लागि बोलाएको थियो । जानकारीका अनुसार ती ड्राइभरले आर्यन र अरबाज मर्चेन्टलाई क्रुज टर्मिनलमा छोडेको स्वीकार गरेका थिए । एनसीबीले ड्राइभरसँग लगभग १२ घण्टासम्म आर्यन र उनका साथीको क्रियाकलापको विषयमा सोधपुछ गर्यो ।

स्रोतबाट प्राप्त जानकारीमा अबको दिनमा शाहरुख खानका ड्राइभरको बयान एनसीबीले अदालतमा प्रयोग गर्ने बताइएको छ । एनसीबीले आर्यन खानको जमानतका लागि प्रस्तुत गरिने सम्पूर्ण प्रमाणमाथि विरोध गर्नेछ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…