अमेरिकाले ताइवानी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा

एजेन्सी । चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको चर्चा बढिरहेको बेला अमेरिकाले ताइवनी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा भएको छ ।

अमेरिकी दैनिक वालस्ट्रीट जर्नलले विगत एक वर्षदेखि अमेरिकाले ताइवानी जल तथा थल सेनालाई गोप्य तालिम दिईरहेको खुलासा गरेको हो । ताइवानी सैनिकलाई तालिम दिन कम्तिमा दुई दर्जन अमेरिकी अधिकृतहरु संलग्न रहेको पनि सो पत्रिकाले जनाएको छ ।

ताइवानी भूमिमै तालिम दिइएको र तालिम दिने अमेरिकी सैन्य अधिकृतहरु पालैपालो सहभागी हुने गरेको पनि रोयटर्स न्युज एजेञ्सीलाई उद्धृत गर्दै वालस्ट्रीट जर्नले उल्लेख गरेको छ ।

तालिम कहिलेदेखि संचालन भईरहेको हो भन्ने विषयमा यकिन नगरिए पनि अमेरिकामा जो बाइडेनले ह्वाइटहाउसको जिम्मेवारी सम्हाल्नु अघिदेखि नै तालिम शुरु भएको जनाइएको छ ।

ताइवानले संवादको ढोका बन्द गरेको चीनको टिप्पणी

ताइवानको सम्प्रभुता र स्वामित्वलाई लिएर चीन र ताइवानको विवाद उत्कर्षमा पुगेको छ । ताइवानी राष्ट्रपति साइ इङ्–वेनले चिनियाँ दबाव अगाडि आफ्नो देशले घुँडा नटेक्ने बताएपछि चिनले संवादको ढोका बन्द भएको टिप्पणी गरेको छ ।

ताइवानको राष्ट्रिय दिवसको अवसरमा त्यहाँकी राष्ट्रपतिको भाषणलाई उत्तेजक भन्दै चिनिया राष्ट्रपति सि जिनपिङले ताइवानले भिडन्त चाहेको बताउनुभयो । ताइवानी राष्ट्रपतिले आफ्नो मुलुकमा प्रजातान्त्रिक जीवनशैली जारी राख्ने बताएपछि बेइजिङ क्रुद्ध बनेको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताईवानलाई चीनमा मिसाएर ‘पुनः एकीकरण गर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै ताइवानी राष्ट्रपतिले कडा जवाफ दिनुभएको थियो ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…