भारतीय प्रशिक्षकले जिस्काएपछि अलमुताइरी रुष्ट

काठमाडौं (हाम्रो खेलकुद) । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भारतविरुद्ध हार बेहोरेको खेलमा आफ्नो टोलीको प्रदर्शनमा सन्तुष्ट हुँदा विपक्षी प्रशिक्षकको व्यवहारप्रति भने रुष्ट भएका छन् ।

भारतविरुद्ध सुनिल क्षेत्रीको अन्तिम समयको गोलमा नेपाल १-० ले पराजित हुन पुगेको थियो । खेलमा आफ्नो टोलीको प्रदर्शनमा भने अलमुताइरी खुसी देखिए । ‘हामीले धेरै राम्रो खेल खेल्यौं । हामीले बलियो प्रदर्शन गरेपनि एउटा गल्ति गर्न पुग्यौं । त्यसै गल्तीले गोल खान पुग्यौं । हामी आफैं भने फिनिसिङमा भाग्यमानी हुन सकेनौं,’ उनले भने, ‘तैपनि सब ठिक छ, हामी तालिकामा माथि छौं । अब हाम्रो ध्यान अर्को खेलमा हुनेछ । बंगलादेशविरुद्ध जित हासिल गरेर हामी फाइनल पुग्न चाहन्छौं ।’

प्रतियोगिताको अन्तिम खेल जित्नुपर्ने दबाब कतिको छ भन्ने प्रश्नमा अलमुताइरीले सबै खेल कठिन रहेको प्रतिक्रिया दिए । ‘प्रतियोगितामा हरेक खेल कठिन छ । आजको खेलमा पनि दबाब थियो । तर आजको खेल दौरान खेलाडी एकआपसमा झुम्मिएका थिए, झगडा भएन राम्रो तर त्यो राम्रो दृश्य थिएन,’ उनले भने, ‘यो खेल हो, दुई राष्ट्रबीच फुटबल खेल र यसलाई मैदानभित्र खेलमा सिमित राख्नुपर्छ । चाहे त्यो ह्यान्डबल, भलिबल वा क्रिकेट नै किन नहोस् ।’

अलमुताइरीले भारतका प्रशिक्षक इगोर स्टिमाचले आफू र समर्थकलाई जिस्काउँदै गोलको खुसीयाली मनाएकोमा भने निराशा व्यक्त गरे । ‘भारतका प्रशिक्षकले गोल हानेपछि समर्थक र मेरो खिल्ली उडाए । किन? यो खेलकुद हो । एक अर्कालाई सम्मान गर्नुपर्छ,’ अलमुताइरीले थपे,’ उनीबाट बच्चाजस्तो व्यवहार भयो । यदि नेपाल र भारत फाइनल खेल्छ र हामी जित्छौं भने म त्यसो कदापी गर्दिन । मेरो आमाले पनि त्यो व्यवहार स्विकार्नु हुन्न । मलाई त्यो देख्दा लाज लाग्यो ।’

खेलमा एकमात्र गोल गरेका सुनिल क्षेत्रीको स्तरका बारेमा आफूले केहि भन्न नपर्ने अलमुताइरीको बुझाइ छ । ‘हरेक राष्ट्रले आफ्नो उत्कृष्ट टोली छानेको छ । तर केहि खेलाडी विशेष हुन्छन् । सुनिलको बारेमा मैले केहि भन्नु पर्दैन । उनको तथ्यांकले नै सबथोक बताउँछ । अन्तर्राष्ट्रिय फुटबलमा ७७ गोल गरेका छन् । उनको बारेमा मैले केहि भनिरहनु पर्दैन,’ उनले भने ।

टोलीले रक्षात्मक रणनीतिमा खेलेको हो कि भन्ने प्रश्नमा अलमुताइरीले आफ्नो योजनाबारे बताए । ‘हामीले रक्षात्मक मात्र खेलेको होइन । बल हुँदा आक्रामक रणनीति पनि थियो । हामीले निकै अवसर पनि सिर्जना गर्यौं । कर्नर पनि जितेका थियौं,’ उनले थपे, ‘यसको मतलब म होइन, हाम्रो टोली राम्रो हो । आजको खेल हार्यौं, अब अर्को खेलमा ध्यान दिनेछौं । यो हारको जिम्मेवारी म लिनेछु । खेलाडीले हारेको होइन, म हारेको हो । खेलाडीहरुले एकदम मिहिनेत गरेका छन् ।’

अलमुताइरीले प्रतियोगितामा धेरै दबाब लिन जरुरि नरहेको पनि बताए । ‘मैले अरु टोलीले पनि धेरैले दबाब लिएको देखेको छु । दबाब लिन जरुरि छैन । मैले आफैं एसियाको अन्य लिग र प्रतियोगितामा खेलाएको छु, यो भन्दा माथिल्लो स्तरमा पनि । म वरपर हेर्दा आफू मात्र हाँसेको देख्छु । सबै दबाब लिएर बसेका छन्,’ उनले स्पष्ट पारे । साभार : हाम्रोखेलकुद

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…