आफ्नै राजनीतिक दल खोल्ने तयारीमा पूर्व डीआईजी रमेश खरेल

काठमाडौं । पूर्व डीआईजी रमेश खरेल राजनीतिक दल खोल्ने तयारीमा लागेका छन् । उनले खुला बहस गरेर जनताको अपेक्षा अनुसारको पार्टी खोल्न लागेको जानकारी दिए । “हामी कांग्रेस कम्युनिस्टबाट केही हुँदैन भन्ने निष्कर्षमा पुगेका छौं । पालैपालो लुट्नेबाहेक केही काम गर्दैनन् । यही कुरा देखेकाले साथीहरुसँग दल खोल्नका लागि छलफल गरिरहेको छु,” उनले बाह्रखरीसँग भने ।

खरेलले समय अभावका कारण सबै ठाउँमा जान नसके पनि सातै प्रदेशमा पुगेर जनताको धारणा बुझ्ने र त्यसपछि पार्टी दर्ता गर्ने बताए । “७७ जिल्लाका नागरिकको धारणा बुझेर हामी विचार लिन्छौं । कस्तो राजनीतिक पार्टी खोल्दा उपयुक्त हुन्छ ? के गर्दा देशमा शुसासन कायम हुन्छ भनेर हामी मुख्य–मुख्य ठाउँमा जान्छौं । जनताको कुरा बुझ्छौं,” उनले भने ।

आइतबार दिउँसो २ बजे रत्नपार्कबाट पार्टी खोल्न लागिएको अपिल गर्ने उनको भनाइ छ । पार्टीको नाम नेपाल सुशासन पार्टी राख्ने उनले जानकारी दिए । “देश सुशासन नै नभएर बिग्रिएको हो । त्यसैले हामीले नेपाल सुशासन पार्टी बनाउने सोच बनाएका छौं,” उनले बताए ।

पूर्व डीआईजी खरेलले धर्मनिरपेक्षता, संसदीय प्रणालीका विषयमा पनि जनताको राय लिने बताए । दल खोल्ने सोच कसरी ? खरेलले नेपाल प्रहरीको आईजीपी नबन्ने भएपछि डीआईजीबाट राजीनामा दिएका थिए । उनले अहिले दल खोल्ने तयारी गरेका हुन् ।

उनले दल खोल्ने प्रक्रियाबारे निर्वाचन आयोगमा पुगेर जानकारी लिइसकेका छन् ।२९ वर्ष प्रहरी सेवामा रहेर राजनीतिक दल खोल्ने सोच कसरी आयो ? “२९ वर्ष नेपाल प्रहरीमा रहेँ ।

उनी (नेता)हरुलाई भोगेको छु । उनीहरुसँग काम गरेको छु । उनीहरुको सोच, मनस्थती बुझेको छु । उनीहरुमा भ्रष्टाचारको लत कसरी बसेको छ भन्ने थाहा छ,” पूर्व डीआईजी खरेलले भने, “जेलमा बसेको पहिलो पुस्ताबाट पनि देशले केही पाएन ।

दोस्रो, तेस्रो पुस्ता क्याम्पसमा क्याम्पस प्रमुखको टेबल ठोकेका छन्, कालोमोसो दलेका छन् । टायार बाल्ने, रेलिङ भाँच्ने काम गरेका छन् । उनीहरुबाट के अपेक्षा गर्ने ? उनीहरुको ग्रुमिङ नै ठिक छैन । यिनै कुराहरु देखेर दल खोल्ने सोच आयो ।”

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…