भारतीय पक्षले अनुचित माग राखेपछि भारत-चीन दुई देशविच भएको सीमा वार्ताले लिएन गति

सीमा विवादबारे भएको वार्तामा भारतीय पक्षले ‘अनुचित माग’ राखेको चीनले आरोप लगाएको छ । चिनियाँ जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डका प्रवक्ता कर्नेल लोङ शाओहुवाले चिनियाँ पक्षले सैन्य अधिकारीहरूको वार्तामा तनाव कम गर्नका लागि ‘ठूलो पहल’ गरेको दाबी गरेका हुन् ।

‘तर भारत आफ्नो अनुचित र अवास्तविक मागमा अडिग रह्यो जसले छलफलमा अप्ठ्यारो खडा गर्‍यो,’ सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ । दुई महिनाको अन्तरालपछि भारत र चीनका सैन्य अधिकारीबीच आइतबार पुनः एक उच्चस्तरीय वार्ता भएको थियो ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार लद्दाखको पूर्वी क्षेत्रमा बचेका सैनिकलाई पनि हटाउने विषयमा सो बैठकको आयोजना गरिएको थियो । कोर कमान्डर स्तरको वार्ताको यस १३ औँ चरण पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) को चीनको हिस्सामा पर्ने मोल्दोमा आयोजना भएको जनाएको छ ।

लगभग तीन हप्ताअघि भारतीय विदेशमन्त्री एस जयशंकरले दुशांबेमा चीनका विदेशमन्त्री वाङ यीसँग भेटघाट गरेका थिए । सो भेटमा उनले दुवै देशले पूर्वी लद्दाखको बाँकी क्षेत्रको मुद्दालाई पनि चाँडोभन्दा चाँडो समाधान गर्न काम गर्नुपर्ने बताएका थिए । दुई नेताबीचको छलफल एससीओ शिखर सम्मेलनका दौरान १६ सेप्टेम्बरमा भएको थियो ।

यसअघि भारत र चीनका सैन्य अधिकारीबीच ३१ जुलाईमा १२ औँ चरणको वार्ता भएको थियो । यसको केही दिनपछि दुवै देशका सैनिक गोगराबाट पछि हटेका थिए । सो क्षेत्रमा शान्ति बहला गर्ने दिशामा सो कदमलाई महत्त्वपूर्ण मानिएको थियो । गत वर्ष सो क्षेत्रमा भारत र चीनबीच कयौँ झडप भएका थिए । यो वर्षको सुरुवातमा भारतले सीमा क्षेत्रमा ५० हजार थप सैनिक पठाएको थियो ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…