प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : एमाले नेता भट्टराई

एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । साथै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित भएकाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।

‘परमादेश किन दिएको रहेछ भन्ने गजेन्द्र हमाल प्रकरणबाट पुष्टि भएको छ । यसले न्यायालयमाथि गम्भीर प्रश्न उठेको छ । यसरी प्रश्न उठेपछि स्वतन्त्र न्यायालयको छवि बचाउने हो भने अब प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु उपयुक्त हुन्छ’, भट्टराईको भनाइ छ ।

उनले गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिनु नै समस्याको समाधान नहुने पनि बताए । ‘दोष गजेन्द्र हमालको होइन, दोष, प्रधानमन्त्री, सरकार र प्रधानन्यायाधीशको हो । प्रश्न उहाँहरूमाथि उठेको हो । हिजो हामीमाथि आरोप लगाइएको थियो तर आज उहाँहरुको व्यवहारबाटै कस्तो सेटिङ रहेछ भन्ने देखियो’, भट्टराईले रातोपाटीसँग भने ।

उनले संसदीय मूल्य मान्यता र स्वतन्त्र न्यायपालिकाको मान्यताविरुद्ध गठबन्धन सरकार र न्यायालय हिँडिरहेको भट्टराईको भनाई छ । ‘यो गजेन्द्र हमालको मात्रै कुरा होइन, यो त अदालत र सरकारको कुरा हो, लोकतन्त्र र संविधानको धज्जी उहाँहरुले उडाउनुभयो’, भट्टराईले भने, ‘बन्नेको भन्दा पनि बनाउनेको गल्ती हो । उहाँले राजीनामा गर्दैमा सब ठीकठाक भयो या हुन्छ भन्ने होइन ।’

नेता भट्टराईले स्वतन्त्र न्यायालयमाथि दाग लगाउने प्रधानन्यायाधीशबारे महाअभियोग लगाउने वा के गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने भन्दै अहिले नै त्यसबारे आफुले केही भन्न नसक्ने बताए । ‘त्यसबारे पार्टीभित्र छलफल भइसकेको छैन । छलफल हुनपनि सक्छ । तर यो विषय नैतिकता र मूल्य मान्यतासँग जोडिएको विषय भएकाले प्रधानन्यायाधीशले नै मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ ।’

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…