मन्त्रीहरुलाई माधव नेपालको कडा निर्देशन-‘रक्सी खाएको र महिलासँग जोडिएका कुरा सुन्न नपरोस्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई कडा निर्देशन र सुझाव दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालमा पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई बोलाएर अध्यक्ष नेपालले सबै मन्त्रीहरुलाई मन्त्री बनेपछि गर्न हुने र गर्न नहुने कामबारे सल्लाह र निर्देशन दिए ।

नवनियुक्त सबै मन्त्रीहरुलाई राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न उनको निर्देशन छ । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट पूर्ण रुपमा मुक्त हुनुपर्ने उनको कडा निर्देशन छ ।

मन्त्रीहरुलाई फाइभ स्टार होटेलमा गएर क्लाइन्टसँग रक्सि खाने बानी त्याँग्नदेखि विभिन्न आचरण सुधार गर्नुपर्ने अध्यक्ष नेपालको निर्देशन र सल्लाह छ ।

‘मलाई आशा छ, बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरु तपाईंहरुले गर्नहुने छैन । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कार तपाईहरुले अवलम्बन गर्नुहुने,’ उनले भने, ‘यो मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलका बेलका फाइभस्टार होटलमा गएर आफ्नो क्लाइन्टहरुसँग बसेर रक्सी खाइरहेका छन् भन्नेकुरा सुन्नु नपरोस्। सीधा कुरा, रक्सी खाने बानी छ भनेपनि बानी त्याग्नुस्। महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस्। त्यस्ता व्यवहारहरु तपाईंहरुबाट नहोस्। यस कुरामा म जोड दिन चाहन्छु।’

अध्यक्ष नेपालले आगामी दिनमा मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने काम नगर्न निर्देशन दिएका छन् । त्यस्तै, गठबन्धनको भावनाअनुसार अन्य राजनीतिक दलसँग समन्वय नगर्न पनि उनको अनुरोध छ ।

पार्टीको निर्देशनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘पार्टीको निर्देशन र सल्लाहलाई केन्द्रबिन्दूमा राखेर तपाईहरुले काम सम्पन्न गर्नु हुनेछ। विज्ञ र अनुभवीहरुसँग नियमित रुपमा राय, परामर्श लिने चलन बसाल्नुपर्छ। तपाईंहरुले पाँच दलीय गठबन्धनको भावना अनुरुप काम गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुबारे सामूहिक रुपमा बसेर साझा राय बनाएर अघि बढ्न पनि सुझाव दिएका छन् । फाइल तस्विर 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…