प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि उद्योगमन्त्री हमालद्वारा राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका हुन् ।

उनले भने, ‘त्यत्तिकै विवादमा किन पर्ने ? म राजीनामा दिने पक्षमा गएँ । मैले राजीनामाको जानकारी दिइसकेको छु । आज गएर राजीनामा बुझाउँछु ।’प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन बा​ध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको उनको भनाइ छ । उनले भने, ‘कसलाई नभनी राजीनामा दिए शेरबहादुर देउवाले राजीनामा स्वीकृत गर्नुहुन्न । मैले पत्रपत्रिकामा भनेपछि उहाँलाई स्वीकृत गर्न बाध्यता हुन्छ ।’

तपाईले राजीनामा दिन लाग्नु भएको हो ?

हो, मैले आँफूलाई बिबादमा राख्न चाहेन, म माथि लागेका जुन खालका ब्लेमहरु छन्, आरोप र आलोचनाले म आँफूलाई बदनाम पार्न चाहेन, अनि मैले मेरो ब्यक्तिगत कारण राजीनामा दिने अन्तिम निर्णय लिएँ । अब खाना खाईसकेपछि मैले प्रधानमन्त्री समक्ष राजीनामा दिन्छु, यो मेरो अन्तिम निर्णय हो ।

तपाईलाई राजीनामाका लागि दबाब पनि भएको हो ?

हैन मलाई पार्टीले सहयोग गरेर नै म मन्त्री बनेको हो । मलाई पार्टी पंक्तीबाट कुनै पनि दबाब आएको हैन । मेरो राजीनामाको कारण मेरो ब्यक्तिगत कारण मात्रै हो, यसमा पार्टीको कुनै दोष छैन ।

तपाईमाथि लागेको कुन आरोपले तपाईलाई बदनाम महशुस गराएको हो ?

पहिलो कुरा त म राजनीतिमा लागेको मान्छे नै हैन भनेर जसरी आरोप लगाईयो, आलोचना गरियो , मलाई राजनीतिमा निकष्कृय मान्छेलाई मन्त्री बनाईयो भनेर आरोप लगाईयो । यो आरोपले मलाई मन्त्री पदमा बस्ने नैतिकता नदिएको महशुस भयो । अनि यो बाहेक अरु कुराहरु पनि छन् नि मेरो बारेमा आएका । तपाइँलाई पनि थाहै छ होला नि ।

तपाई कांग्रेस राजनीतिमा रहेको कुरा त साँचो हो नि ? हैनर ?

हो यसको मुल्यांकन जनताले गरिरहेका छन् । मैले कांग्रेसका लागि गरेको योगदानका बारेमा । म बाँकेको पार्टी सभापति भएर पनि कार्यकाल पुरा गरेको मान्छे हुँ । तर त्यो बेला सुशील दाई ( सुशील कोइराला) ले जिल्ला समिति भंग गर्नु भयो ।

तपाईको राजीनामाले त तपाई माथि लागेका आरोप झन पुष्टि गर्ला त ?

हैन, यो कुरा जनताले बुझ्नु हुन्छ । मेरो कारण वर्तमान सरकारलाई लज्जित र आलोचित कसरी बनाउन सक्छु ? मैले पार्टीमा रहेर गरेको योगदान नेपाली जनताले बुझछन् । मैले जे गरे ठिक गरेको छु । यसले म माथि लागेको आरोपको पुष्ट्याईँ भन्दा पनि सरकार सञ्चालनका लाागि सहज बाटो बनाईदिएको भनेर म्यासेज जानु पर्छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…