मन्त्रीहरु गलत बाटोमा लागे तत्काल कडा कदम चालिन्छ : नेता नेपाल

काभ्रे : काभ्रेमा आएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेका नेतालाई काम गरेर देखाउन निर्देशन दिएका छन्। नेकपा एकीकृत समाजवादीको काभ्रेमा सञ्चालित दसैंको अवसरमा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मन्त्री बनेका नेतालाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन्।

उनले मन्त्रीहरुले आवश्यकता अनुसार विशेषज्ञसँग छलफल गरेर राम्रो काम गर्न निर्देशन दिएका हुन्। उनले आइतबार मन्त्रीहरुलाई आफूले बोलाएको र काम गर्न निर्देशन दिने बताए। मन्त्री नपाएको हल्ला चलाएका मेटमणी चौधरीको प्रशंसा गर्दै उनले उच्च राजनीतिक संस्कार देखाएर पद नै ठूलो होइन भन्ने पुष्टि चौधरीले गरेको नेपालले भने।

अध्यक्ष नेपालले देवाउको नेतृत्वमा समाजवादी पार्टीबाट मन्त्री भएर काम गर्न नसक्ने र गलत कार्य गरेको मात्र जानकारी पाए तत्कालै कडा कदम चाल्ने नेता नेपालले भने। एमालेका अध्यक्ष केपी ओलीप्रति निक्कै आ’क्रामक देखिएका नेता नेपालले एमाले विधान महाधिवेशनमा विधानको कुनै पनि कुरा बाहिर नआएको बताए।

उनले केपी ओली व्यक्तिवादी चिन्तनबाट ग्रस्त भएको आरोप लगाए। उनले आफ्नो पाटीले कुनै पनि ब्यानरमा ज्यूँदो मान्छेको तस्बिर राखेर प्रचार नगर्ने बताउँदै नीतिमा आफूहरु अघि बढ्ने दावी गरे। उनले भने, ‘हामी पुष्पलालको कार्यकर्ता भएकाले व्यक्तिको भन्दा नीतिको कुरा गर्छौं। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, कांग्रेस जिल्ला सभापति मधु आचार्य, नेकपा माओवादी नेता तेजबहादुर मिजार लगायतले शुभकामना मन्तब्य राखेका थिए।’

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…