भारत बलियो टिम हो तर, हामी डराउँदैनौँ : प्रशिक्षक अल्मुताइरी

माल्दिभ्स । नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल र भारतबीच साफ च्याम्पियनसिप २०२१ मा प्रतिस्पर्धा हुनुअघि नेपाली खेलाडीहरुलाई हौसला प्रदान गरेका छन् ।

भारत बलियो टिम रहेपनि आफूहरु नडराउने भन्दै शनिबार माल्दिभ्समा आयाेजित पत्रकार सम्मेलनमा खेलाडीहरुलाई प्रशिक्षक अल्मुताइरीले जसरी पनि खेल जितेर छाड्ने हौसला प्रदान गरेका छन् ।

खेलाडीहरुलाई अल्मुताइरीले हौसला दिए, ‘भारत बलियो टिम हो । तर हामी भारतसँग डराउँदैनौं । कडा चुनौती दिनेछौँ ।’ भोलि आइतबार नेपालले भारतसँग कडा प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षक अल्मुताइरीले दुई देशबीचको खेलमा समर्थकलाई संयमित रहन पनि आग्रह गरेका छन् ।

आइतबार हुने दुई देशको खेल नतिजाले खेलको अन्तिम चरणमा को पुग्ला भन्नेबारे पनि निर्णय गर्ने वातावरण बन्ने छ । अहिले नेपाल साफ प्रतिगोगितामा दुई खेलबाट छ अंकसहित शीर्ष स्थानमा छ ।

बंगलादेशसँग बराबरीमा रोकिएको भारत चौँथो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशले भारतलाई चुनौतीपूर्ण खेलको सामाना गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको थियो । अहिले माल्दिभ्सको खेलको तेस्रो स्थानमा छ भने श्रीलंका पाँचौ स्थानमा रहेको छ । र, श्रीलंकाको साफ प्रतियोगिताको यात्रा लगभग टुंगिसकेको छ ।

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…