मैले अर्थमन्त्री छोडेपछि समृद्धिको यात्रा रोकियो : विष्णु पौडेल

बुटवल। नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले बजेटका योजना कटौती गरेको बताएका छन्। यसअघिको सरकारले ल्याएको बजेटमा निजी क्षेत्रलाई सम्बोधन गर्नुका साथै धेरै समस्या समाधान गरेको बताउँदै पौडेलले अहिलेको सरकारले योजना कटौती गर्दा निजी क्षेत्रमा निराशा छाएको बताए।

‘निजी क्षेत्रलाई रोजगारमूलक र समृद्ध बनाउनतर्फ सरकार लागोस्। अघिल्लो सरकारले साना उद्योगलाई कर छुटको व्यवस्था, पहुँच मार्ग निर्माणका लागि ७५ प्रतिशत सहुलियत दिने, होटेललाई उद्याेगसरहको मान्यता राखेर प्रोत्साहन कार्यक्रम ल्याएको थियो,’ उनले भने, ‘तर अहिले सबैमा सरकार मौन बसेको छ। कार्यान्वयन गर्दिन पनि भन्दैन गर्छु पनि भन्दैन।’

रुपन्देही उद्योग संघको २२औं अधिवेशनलाई सम्बोधन गर्दै उनले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमण रोक्न सरकारसमक्ष माग गरे। देशमा रोजगारी सृजना गर्दै समृद्ध प्रदेश बनाउने अभियानमा केही व्यक्ति स्वार्थमा लाग्दा औद्योगिक क्षेत्रको काम प्रभावित भएको बताए।

त्यस्तै भैरहवा विमानस्थलको काममा विलम्ब नगर्न पनि उनले आग्रह गरे। एसियाली बैकसँग ऋण सम्झौता नगर्दा टर्मिनल भवनको बाँकी काम रोकिएको उनले बताए। यसै गरी सिद्धबाबामा सुरुङ मार्गको काम पनि तुरुन्त अघि बढाउन उनले माग गरेका थिए।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…