उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने, ‘नेपालको राष्ट्रियता बलियो हुनुपर्छ’

नयाँ दिल्ली । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र नेपालीको राष्ट्रियता बलियो हुनु भारतको लागि हितकर हुने बताएका छन् । उनले नेपाल भारतको सबैभन्दा नजिकको मित्र रहेको र उसको समृद्धि भारतीय जनताले चाहेको बताए ।

‘नेपाल जति समृद्धि र बलियो हुन्छ, त्यो त्यति नै भारतका लागि हितकर हुन्छ,’ उनले भनेका छन् –‘त्यसका लागि भारत सरकार र भारतीय जनताले हरसम्भव सहयोग नेपाललाई गर्ने छन् । ’

लखनउमा शनिबार नेपाली कांग्रेसका नेताहरुसँगको भेटघाटमा मुख्यमन्त्री आदित्यनाथले नेपाली जनता धेरै विश्वसनीय रहेको चर्चा गरेक थिए । उनले समान धर्म र संस्कृति रहेको दुई देशका जनताबीचको सम्बनधलाई थप बलियो बनाउनुपर्नेमा दुवै पक्षका सरकारले जोड दिनुपर्ने उल्लेख गरे । उनले नेपाललाई सहयोग गर्ने कुरालाई भारतले सदैव प्राथमिकतामा राख्नुपर्ने र समस्याहरुको समाधान गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।

भारतीय जनता पाार्टीको विदेश विभागको निम्तोमा यहाँ आएका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नेताहरु अजयकुमार चौरसिया र उदयशमशेसर राणा तीन दिनदेखि बिजेपीका नेताहरुसँग भेटघाटमा व्यवस्त छन् ।

महतले भारतीय सहर र सीमा क्षेत्रमा नेपालीले भोग्ने समस्या तर्फ मुख्यमन्त्री योगीको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, बनारसमा रहेको नेपाली पशुपतिनाथ मन्दिरको संरक्षणको कुरा पनि उठाएका थिए । लखनउपछि कांग्रेस नेताहरु उत्तरप्रदेशकै अर्को सहर बनारस पुगेका छन् ।

यसअघि महत नेतृत्वको टोलीले बिजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, विदेशमन्त्री एस जयशंकर र बिजेपी राष्ट्रिय महासचिवहरु तथा विदेश विभागका पदाधिकारीहरुसँग भेटभाट, छलफल गरेको थियो ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…