‘२०२५ सम्म चीनले ताइवानमाथि पूर्ण आ’क्र’मण गर्न सक्छ’, सर्वेक्षणमा यस्तो भने ताइवानी जनता

ताइपेई । चीनले ताइवानमाथि आ’क्रमण नगर्नेमा अधिकांश ताइवान नागरिक ढुक्क भएको एक सर्वेक्षणले देखाएको छ। पछिल्लो समय चीन र ताइवान सेनाबीच तनाव बढिरहँदा गरिएको सर्वेक्षणले उक्त तथ्य देखाएको हो।

सेप्टेम्बर महिनामा थिंक ट्यांक इन्टेलिजेन्सिया ताइपेईले गरेको सर्वेक्षणले अधिकांश ताइवानी जनताले चीनले आफुमाथि आ’क्रमण नगर्नेमा ढुक्क भएको देखाएको छ। करिब ५०.२ प्रतिशत जनताले चीनले ताइवानमाथि आ’क्रमण नगर्ने प्रतिक्रिया दिएका छन् भने ६० प्रतिशतले आगामी १० वर्षभित्रमा यु’द्ध हुन नसक्ने प्रतिक्रया दिएको सर्वेक्षणले देखाएको छ। त्यसमध्ये १८ प्रतिशतले मात्र चीनले ताइवानले जुनसुकै समयमा आ’क्र’मण गर्न सक्ने प्रतिक्रिया सो सर्वेक्षणले देखाएको छ।

यसअघि गत मार्चमा ताइवान इन्टरनेसनल स्ट्राटेजिक स्टडि सोसाइटीले सार्वजनिक गरेको एक पोलमा ६३ प्रतिशत ताइवानका जनताले चीनले आगामी ६ वर्षमा ताइवानमाथि आ’क्र’मण नगर्ने मत राखेका थिए। सोहि २९ प्रतिशत जनताले चीनले आ’क्र’मण गर्ने मत राखेका थिए।

गत सोमबार चिनियाँ सेनाले ५६ वटा ल’डाकु विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको थियो। त्यसअघि शुक्रबार र शनिबार जम्मा ७७ वटा लडाकु विमान सो क्षेत्रमा पठाएको थियो।

लगत्तै ताइवानका रक्षा मन्त्री सिय कोउ चेङले चीन र ताइवान सेनाविच ४० वर्षयताकै खराब सम्बन्ध भएको प्रतिक्रिया दिँदै चीनले आगामी ४ वर्षमा ताइवानमा आ’क्र’मण गर्न सक्ने चेतावनी दिएका थिए।

‘२०२५ सम्म चीनले ताइवानमाथि पूर्ण आ’क्र’मण गर्न सक्छ’

चीनसँगको तनाव ४० वर्षयताकै उच्च विन्दुमा पुगेको ताइवानी रक्षामन्त्रीले बताएका छन्। चीनले अहिलेसम्मकै ठूलो संख्यामा ल’डा’कु विमान ताइवान टापुको हवाई प्रतिरक्षा क्षेत्रमा पठाएपछि रक्षामन्त्री चिउ कुओ चेङले यस्तो टिप्पणी गरेका हुन्।

चीन सो टापुलाई आफ्नो अभिन्न हिस्सा मान्छ भने ताइवान आफूलाई स्वतन्त्र मुलुकका रुपमा चिनाउन खोज्छ।चीनले बलप्रयोग गरेर ताइवानलाई मुख्यभूमिमा मिसाउन सक्ने सम्भावनालाई नकारेको छैन।

ताइपेइमा संसदस्य समितिमा बोल्दे चिउले तनाव बढेको बताएका हुन्। अर्बौँ डलरको क्षे’प्या’स्त्र र यु’द्ध’पोत किन्ने अनुमति दिने विधेयक अहिले संसदमा छ। ताइवान सरकार स्वतन्त्रता घोषणाको दिशातर्फ बढ्दै गएको, अमेरिकी चलखेल वृद्धि भएको लगायतका कारणले बेइजिङ चिन्तित भएको विश्लेषकहरु बताउँछन्।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…