मन्त्री झाँक्रीको निर्देशन : सहरी विकास मन्त्रालयको बजेट फ्रिज भयो भन्‍ने सुन्‍नु नपरोस्

काठमाडौँ । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘बजेट फ्रिज गरेको सुन्नु नपरोस्’ भनी कर्मचारीहरूलाई निर्देशन दिएकी छन् । शुक्रबार पदभार ग्रहणपछि मन्त्री झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्नुपर्ने भन्दै बजेट फिर्ता पठाउने अवस्था नआओस् भनेकी हुन् ।

‘भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो । के काम गर्न सकिन्छ गरौं,’ कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री झाँक्रीले भनिन्, ‘सहरी विकास मन्त्रालयले बजेट समर्पण गर्‍यो भन्ने सुन्नु नपरोस् ।’

मन्त्रालयका अधिकारी र मातहतका विभाग तथा आयोजना प्रमुखहरूलाई आफ्नो काम र योजनाबारे लिखितमा ब्रिफिङ गर्न पनि मन्त्री झाँक्रीले निर्देशन दिएकी छन् । मन्त्रालयमा बसेर कामको प्रगतिबारे ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयमा नै गएर ब्रिफिङ लिने पनि उनले बताइन् ।

‘मन्त्रालयमा हुने ब्रिफिङमा मलाई बुँदागत रूपमा लिखितमा दिनुपर्छ । मन्त्रालयमा ब्रिफिङ गर्नुभन्दा पनि काम भइरहेका कार्यालयहरूमा ब्रिफिङ गर्नुपर्छ, छिटो गर्नुपर्छ,’ उनले भनिन् ।

मन्त्रालयबारे मन्त्रीलाई हुने ब्रिफिङ दसैं अगाडि नै सक्न पनि कर्मचारीहरुलाई झाँक्रीको छ । मातहतका प्रत्येक कर्मचारीले आफ्नो क्षमताले सकरात्मक परिणाम निकाल्नका लागि काम गर्नुपर्ने उनको निर्देशन थियो ।

यस्तै मन्त्रालयका योजनाका लागि स्रोतको सुनिश्चितता गर्नुपर्ने मन्त्री झाँक्रीको भनाइ थियो । उनले आयोजनामा रहेका नीतिगत समस्यालाई समाधान गर्न आफूले भूमिका खेल्ने पनि बताएकी छन् ।

‘सहरी विकासमा बाटो, खानेपानी र ढललाई एकै ठाउँमा ल्याएर लैजान खोजेमा अहिले जस्तो विकासको अवधारणा रही नै रहन्छ होला’ उनले भनिन् ‘सहर बस्ने मानिसले धाराबाट पानी खाने अवस्थामा आउने गरी काम गर्नुपर्छ । यसका लागि स्वच्छ पानीसहितको ढल विकास, खानेपानी, बाटो एकीकृत हिसाबले गर्ने गरी पुन: परिभाषित गर्नुपर्ने भएको छ ।’

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…