दक्षिण चीन सागरमा अमेरिकी पनडुब्बी दु’र्घटना, १५ जलसेना घाइते

अमेरिकाको परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी दक्षिण चीन सागरमा दु’र्घटनामा परेकाे छ । पनडुब्बी अज्ञात वस्तुसँग दु’र्घटनामा परेकाे हाे । दुर्घटनामा परी १५ जलसेना घाइते भएका छन् ।

युएसएस कनेक्टिकट नामक पनडुब्बी कसरी ठोक्कियो यस बारेमा भने कुनै जानकारी आएकाे छैन। अमेरिकी जलसेनाका प्रवक्ताले दुर्घटनामा परे पनि पनडुब्बीको महत्वपूर्ण भागमा कुनै नोक्सान नपुगेको बताएका छन् ।

उनले भने, ‘दु’र्घटनामा युएसएस कनेक्टिकटकाे परमाणु ऊर्जाप्लान्ट र अन्य महत्वपूर्ण भागमा कुनै नाेक्सान पुगेकाे छैन र पनडुब्बी ठीक तरिकाले काम गरिरहेकाे छ।’

दक्षिण चीन सागर विश्वकाे सबैभन्दा विवादित र आर्थिक रूपले महत्वपूर्ण जलमार्गकाे रूपमा लिने गरिन्छ । चीनले यसकाे सबै क्षेत्र आफ्नाे हाे भनी दाबी गर्दै आइरहेकाे छ । हाससालै चीनले कृत्रिम द्वीपकाे पनि निर्माण गरेकाे छ । यसैगरी मलेसिया, ब्रुनाइ, भियतनाम, फिलिपिन्स र ताइवानले पनि समुन्द्रकाे हिस्सामा आफ्नाे दाबी गर्दै आइरहेका छन् ।

ताइवानमाथि चीनले थिचाेमिचाे गरे सैन्य कदम चाल्ने अमेरिकाकाे चेतावनी

अमेरिकाले चीन र ताइवानबीच बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ । ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर अमेरिकाले चासो व्यक्त गरेको हो ।

चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाइरहेको छ । ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ ।

तर चीनले भने ताइवानलाई बृहत् चिनको एक महत्त्वपूर्ण अङ्ग मान्दै आएको छ । ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफूहरुले पनि सैन्य कदम चाल्न बाध्य हुनुपर्ने दिन आउन सक्ने अमेरिकाले चेतावनी दिएको बीबीसीको खबरमा उल्लेख छ ।

चीन र ताइवानबीच सन् १९४९ देखि विवाद चल्दै आएको छ । विश्वका १५ देशले मात्र ताइवानलाई स्वतन्त्र राष्ट्र मान्छ भने अरु देशहरुले ताइवानलाई चीनको एउटा प्रान्तका रुपमा मान्दै आएका छन् ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…