भाइरल सेल्फी : ‘आर्यन खानलाई फसाउनकै लागि यस्तो गरियो, यो घटना राजनीतिबाट प्रेरित छ’

मुम्बई क्रुज पार्टी मामिलामा अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतको याचिकामाथि बिहिबार मुम्बईकामे किला अदालतमा सुनुवाई हुनेछ । सोमबार अदालतले उनलाई सात अक्टोबरसम्म हिरासतमा राख्नुपर्ने आदेश दिएको थियो । आर्यनसँग अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानतमा पनि आज सुनुवाई हुनेछ ।

यसैबीच महाराष्ट्र सरकारमा क्याबिनेट मन्त्री नवाब मलिकले यो पूरा घटना नक्कली भएको बताएका छन् । पत्रकार सम्मेलनमा नवाब मलिकले भने, ‘आर्यन खानलाई फसाउने उद्देश्यसहित यो सबैकुरा गरिएको हो । एनसीबीको यो कारवाहीमा बिजेपीको हात छ र यो गि’र’फ्तारी पूर्ण रुपमा राजनीतिद्वारा प्रेरित छ । पछिल्लो एक महिनादेखि क्राइम रिपोर्टरबीच अर्को निशाना शाहरुख खान हुने भन्ने जानकारी पुर्याइएको थियो ।’

नवाब मलिकका अनुसार आर्यन खानलाई ‘एनसीबीको नजिक ल्याउने र सेल्फी खिच्ने केपी गोस्वामी र मनीष भानुशाली बिजेपीका नेता हुन् ।’ यद्यपि, एनसीबीले मलिकको आरोपमाथि प्रतिक्रिया दिँदै यसलाई आधारहीन र गलत बताएको छ ।

वास्तवमा आर्यन खान जुन दिन प’क्रा’उ परेको थिए त्यस दिन उनको एक व्यक्तिसँगको सेल्फी भाइरल भयो । यो सेल्फी एनसीबीको हि’रासतमा रहेका बेला खिचिएको थियो । त्यसपछि एनसीबीमाथि यस्तो प्रश्न तेर्सिन थालेको हो ।

आर्यनसमेत ८ लाई जेल वा जमानत ? आज निर्णय हुँदै, एक विदेशी पनि प’क्राउ

यसको जवाफमा एनसीबीले सेल्फी लिने व्यक्ति उनका विभागकै व्यक्ति भएको स्पष्टिकरण दियो । नवाब मलिकले सेल्फीमा देखिने व्यक्ति बिजेपीसँग सम्बन्धित भएको दाबी गरेका छन् ।

यो घटना मुम्बईमा एक क्रुजमा भइरहेको कथित रेव पार्टीसँग सम्बन्धित छ । एनसीबी प्रमुख एसएन प्रधानले मुम्बई क्रुज ड्र’ग्स घटनाको निष्पक्ष अनुसन्धान गरिनेछ । प्रधानले भने, ‘हामी यो मामिलामा निष्पक्ष रुपमा काम गरिरहेका छौं ।’ स्मरण रहोस्, यो घटनामा बलिउड र अन्य केही धनाढ्यको पनि संलग्नता छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…