रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्ने लगभग पक्का, अरु को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बिहानै बस्ने भएको छ । सरकारमा जाने नेताहरुको अन्तिम तथा औपचारिक निर्णय गर्न आज सचिवालय बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने नेताहरुको नाम लगभग तय गरिसकेको छ । नेता बिरोध खतिवडाको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ । जसमा विरोध खतिवडालाइ सहरी विकास मन्त्रालयकाे जिम्मेवारी दिइनेछ ।

प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमा, रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पठाउने लगभग तय भएको छ । त्यस्तै राज्यमन्त्रीमा श्रम मन्त्रालयमा किसान श्रेष्ठ र राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको प्रवक्ता खतिवडाले बताएका छन् ।

अहिले बस्नै सचिवालय बैठकले यसबारे औपचारिक घोषणा गर्ने जनाइको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे मन्त्रीहरुलाई सपथ गराउने तयारी भइरकेको छ ।

को-को बन्दैछन् मन्त्री?

मन्त्रिपरिषद्ले आज (शुक्रबार) पूर्णता पाउने भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको उहाँले बताउनुभयो । शीर्ष नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई चार–चार मन्त्रालय लिने सहमति गरेका छन् ।

कांग्रेसले गृह कानुन, परराष्ट्र , न्याय तथा संसदीय मामिला मन्त्रालय, रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक मन्त्रालय लिने भएकाे छ । उसले कानुन, गृह र परराष्ट्र मन्त्रालय लिइसकेको छ ।

गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा डा. नारायण खड्का र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की मन्त्री हुनुहुन्छ । अरु मन्त्रीहरुको नाम आज टुंगो लगाउँदै छ ।

एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ ।

एकीकृत समाजवादीको नेतृत्व गरेर विरोध खतिवडा शहरी विकास मन्त्री बन्दै हुनुहुन्छ । त्यस्तै, पार्टी सचिव रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री र प्रेम आले पर्यटन मन्त्री बन्दै । एकीकृत समाजवादीले किसान श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाउने भएको छ ।

माओवादी केन्द्रले अर्थ र उर्जा, जलस्रोत तथा सिँचाई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउनेछ । उसले अर्थ र उर्जा, जलस्रोत मन्त्रालय लिइसकेको छ ।

माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । अहिले जनार्दधन शर्मा आर्थ, पम्फा भुसार उर्जा मन्त्री हुनुहुन्छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिने भएको छ । जसपाले मन्त्रीहरु छान्न सकेको छैन ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…