रजिष्ट्रार राजेश प्रसाईले आफ्नै श्रीमतीलाई कार्यालय सहायकका रुपमा नियुक्त गरे

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आफ्नै श्रीमतीलाई प्रतिष्ठानको कार्यालय सहायक पदमा नियुक्त गरेका छन् । रजिष्ट्रार प्रसाईले बुधबार पत्नी कमला प्रसाई निरौलालाई कार्यालय सहायक पदमा नियुक्त गरेका हुन् ।

सो पदमा एक जना कर्मचारी माग भएकोमा रजिष्ट्रार प्रसाईंको श्रीमतीसहित अन्य पाँच जनाले आवेदन दिएका थिए । रजिष्ट्रार प्रसाई आफै उम्मेदवारहरूको परीक्षा र अन्तर्वार्तामा सहभागी भएका थिए । प्रसाईको संयोजकत्वमा रहेको पदपूर्ति समितिले कार्यालय सहायकसहित विभिन्न पदमा कर्मचारी नियुक्त गरेको छ ।

सो समितिको सदस्य सचिवमा प्रतिष्ठानका प्रशासकीय अधिकृत अमर अधिकारी, सदस्यमा प्रतिष्ठानका संयोजक चिरञ्जिवी चुडाल र अन्य विज्ञ रहेका छन् । प्रसाईले प्रदेशको लोकसेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्नुपर्ने प्रावधान विपरीत पदपूर्ति गरेका हुन् ।

लोक सेवा आयोगको प्रावधान मिचेर रजिष्ट्रार प्रसाईले कार्यविधि बनाएर प्रतिष्ठानका लागि विभिन्न १० पदमा विज्ञापन प्रकाशन गरेका थिए । प्रतिष्ठानले प्रकाशित विज्ञापनको असोज १२ र १३ गते क्रमशः लिखित र मौखिक परीक्षा संचालन गरेको थियो । उक्त परीक्षाको नतिजा बुधबार सार्वजनिक गरिएको थियो ।

रजिष्ट्रार प्रसाईले आफ्नो श्रीमतीले प्रतिष्ठानमा काम गर्न नपाउने प्रावधान नरहेको भन्दै नियमसंगत रुपमै नियुक्ति गरिएको बताए । उनले वर्षौंदेखि नर्सिङ सेवामा काम गरेको अनुभव र योग्यताका कारण श्रीमतीले नियुक्ति पाएको उनले बताए । आफ्नो श्रीमतीले जागिर खान नपाउने कुरा कुनै कानुनमा नलेखिएको भन्दै उनले लेखिएको भए त्यस्तो प्रावधान देखाउन चुनौतीसमेत दिए ।

उनले सो पदपूर्ति समितिमा रहे पनि आफू परीक्षाको कुनै प्रक्रियामा सहभागी नभएको दाबी गरे । विगतमा रजिष्ट्रार पदमा नियुक्तिका विषयमा पनि विभिन्न टीका टिप्पणी भएकाले यस्ता टिप्पणी कुनै नौलो कुरा नभएको उनले बताए । रजिष्ट्रार प्रसाई बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईका छोरा हुन् ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…