यी बलिउड कलाकारलाई जेल जानबाट बचाउने वकिल सतिशले आर्यनलाई बचाउन सक्लान् ?

बलिउडमा जब कुनै ठूलो विवाद हुन्छ तब सतिश मानेशिन्देको नाम धेरै नै सुन्न पाइन्छ, किनभने यी वरिष्ठ वकिल बलिउडका लागि अपरिचित नाम होइनन् । कुनै हाई–प्रोफाइल मामिलालाई सम्हाल्नमा उनको सफलतापछि उनी थुप्रै सेलिब्रिटीका लागि चर्चित वकिल बनेका छन् ।

आर्यन खानको मुद्दादेखि रिया चक्रवर्ती ड्रग्स मामिला र सलमान खानले रक्सी पिएर गाडी चलाएको मामिलासम्म, यहाँ केही बलिउड सेलिब्रिटी छन् जसको पक्षमा उनी उभिएका छन् । मिडिया रिपोर्टका अनुसार सतिश सबैभन्दा महँगा वकिल हुन् । उनी एक दिनको १५–२० लाख भारुसम्म पारिश्रमिक लिन्छन् । सतिशले आफ्नो करियरको सुरुवात सन् १९८३ मा देशका चर्चित दिवंगत वकिल राम जेठमलानी सँगसँगै गरेका थिए ।

आर्यन खान ड्र’ग्स मामिला : नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) द्वारा २ अक्टोबरमा क्रुज ड्र’ग्स छापामारीका क्रममा आर्यन खानलाई प’क्राउ गरेपछि शाहरुख खानले आफ्नो छोराको मुद्दा ल’ड्ने जिम्मेवारी सतिश मानेशिन्देलाई दिएका छन् ।

सतिशका अनुसार आर्यन खानलाई एक पाहुनाको रुपमा क्रुजको कार्यक्रममा निमन्त्रणा गरिएको थियो र उनीबाट कुनै प्रतिबन्धित पदार्थ भेटिएको थिएन । ड्र’ग्स मामिलामा आर्यन र अन्य आरोपीलाई ७ अक्टोबरसम्म हिरासतमा राख्न भनिएको छ । अब सतिशले आर्यन खानलाई जमानत दिलाउन सक्लान्, नसक्लान्, त्यो भने समयले बताउनेछ ।

सलमान खान हि’ट एण्ड र’न केस : सन् २००२ मा सलमान खानले नशामा गाडी चलाएको मुद्दा ल’डेपछि सतिश मानशिन्दे चर्चामा आएका थिए । सतिशले सलमानको बचाउ गर्दै उनलाई सफलतापूर्वक जमानत हासिल गराएका थिए । पछि उनलाई अदालतले सफाई दिएको थियो । यतिमात्रै होइन, वकिलले सन् १९९८ को कालो हरिण शिकार मामिलामा पनि सलमानको बचाउ गरेका थिए ।

रिया चक्रवर्ती र शोविक चक्रवर्ती ड्र’ग्स मामिला : अघिल्लो वर्ष पनि मानेशिन्दे चर्चामा आएका थिए । दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका पिताले छोराको निधनपछि आ’परा’धिक ष’ड्य’न्त्र रचेको र कथित रुपमा पैसाको हिनामिना गरेको भन्दै नायिका रिया चक्रवर्तीविरुद्ध मु’द्दा दर्ता गरेका थिए । त्यतिबेला मानशिन्देले यो मामिलामा नायिका तथा उनका भाइ शोविक चक्रवर्तीको पक्ष अदालतमा पेश गरेका थिए । पछि उनले दुबैलाई जमानत दिलाउन सफल भएका थिए ।

सञ्जय दत्तको बम्बे बिस्फोट मामिला : सन् १९९३ मा मानेशिन्देले बम्बे ब’म बि’स्फो’ट मामिलामा सञ्जय दत्तको प्रतिनिधित्व गरेका थिए । उनी कथित रुपमा सन् २००७ को आर्म्स एक्ट मामिलामा उनको बचाउ गर्ने कानूनी टिमको वकिलका हिस्सा पनि रहे । उनी त्यतिबेला दत्तका लागि जमानत हासिल गर्न सफल भए । यद्यपि, अभिनेताले गम्भीर आरोपको सामना गर्नुपर्यो ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…