पाकिस्तानबाट काठमाडौंमा बोलाएर अ’पहरण, दुई पाकिस्तानी प’क्राउ

पाकिस्तानबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका फैजान अहमद विमानस्थलबाटै अ’पहर’णमा परेका छन् । पाकिस्तानबाट काठमाडौंमा बोलाएर उनलाई ललितपुरको सिभिल होम्समा ब’न्धक बनाएको आरोपमा प्रहरीले दुई जना पाकिस्तानी नागरिकलाई प’क्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले ठमेलबाट मंगलबार राती दुईजनालाई प’क्राउ गरेर अनुसन्धान गरिरहेको छ । पाकिस्तान घर भएका जेसोन महम्मद र ताज रिजवानलाई प’क्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यलेको समाचार रातोपाटीले उल्लेख गरेको छ  ।

जेसोन महम्मद र ताज रिजवान १५ दिनअघि पाकिस्तानबाट काठमाडौं आएका थिए । यहाँ आएर उनीहरुले ललितपुरको धापाखेलस्थित सिभिल होम्समा घर भाडामा लिए । अनि, पाकिस्तानबाट फैजान अहमदलाई फोन गरेर बोलाए । फैजान विमानबाट काठमाडौं ओर्लिए । सोमबार त्रिभुवन विमानस्थलबाट ओर्लिएपछि फैजानलाई उनीहरुले सिभिल होम्समा लगेर हातखुट्टा बाँधेर राखेका हुन् ।

झ्यालबाट हामफालेर भागेका फैजान स्थानीयको सहयोगमा प्रहरीकहाँ पुगेका थिए । ब’न्धक बनाएर उनीहरुले पाकिस्तानस्थित घरमा फोन गर्न लगाएर ‘म क्यानडा पुगेँ २० हजार डलर पठाइदिनु’ भन्न दबाव दिएको फैजानले प्रहरीलाई बताएका छन् ।

प’क्राउ परेका दुईजनालाई ललितपुर प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपीहरुले फैजानलाई विदेश पठाइदिन्छौं भनेर काठमाडौंमा बोलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…