आफ्ना गुप्तचरहरू धमाधम मा’रिन थालेको सीआईएले गर्‍यो स्वीकार

अमेरिकाको गुप्तचर संस्था सीआईएले आफ्ना धेरै सूचनादाताहरू मा’रिएको, कब्जा गरिएको वा किनिएको स्वीकार गरेको छ । संसारभरि रहेका आफ्ना गुप्तचरहरूलाई गोप्य मेमो पठाएर सीआईएले यो स्वीकार गरेको हो ।

सीआईएका स्टेसन र बेसहरूमा पठाइएको मेमोमा प्रतिगुप्तचरी मिसन केन्द्रले कैयौं वर्षको केसको विश्लेषण गरेको जानकारी दिएको छ ।मा’रिएका सूचनादाताहरूको यकिन संख्या मेमोमा दिइएको छ जबकि यस्तो गोप्य सूचना प्रायः शेयर गरिँदैन, द न्युयोर्क टाइम्सले लेखेको छ ।

चीन र इरानले सीआईएका गोप्य सञ्चारलाई ह्या’क गरेर गुप्तचरहरू मा’रेको अनि अन्य गुप्तचरलाई अन्यत्रै सेटल गराउनुपरेको खुलासा पूर्वअधिकारीहरूले गरेका छन् ।

मेमोमा गुप्तचरहरूलाई राम्रो काम नगरेको, स्रोतलाई चाहिने भन्दा बढी विश्वास गरेको, विदेशी गुप्तचर संस्थाहरूलाई कम आँकेको र सुरक्षाभन्दा पनि मिसन सक्ने हतारोलाई प्राथमिकता दिएको अनि सम्भावित खतरामा उचित ध्यान नदिएको भनी आलोचना गरिएको छ ।

रुस, चीन, इरान र पाकिस्तानले हालैका वर्षमा सूचनादातालाई खोजेर मा’र्न सफलता पाएको र कहिलेकाहीँ डबल एजेन्ट बनाएको पनि पाइयो । इरान र चीनमा अमेरिकीहरू आफैंले सूचनादाताको जानकारी त्यस देशका गुप्तचर निकायलाई उपलब्ध गराएको विश्वास गुप्तचर अधिकारीहरूले गरेका छन् ।

अमेरिकाका प्रतिस्पर्धी मुलुकहरूको प्र’तिआ’तंकवादी निकायहरूले बायोमेट्रिक स्क्यान, अनुहार पहिचान प्रविधि, कृत्रिम बौद्धिकता र ह्याकिङमार्फत सीआईएका अधिकारीहरूलाई पत्ता लगाएको पनि पाइएको छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…