एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन् २२ वर्षीया राज्यलक्ष्मी

जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाले स्थानीय २२ वर्षीया राज्यलक्ष्मी हमाललाई एक दिनको लागि पालिका अध्यक्ष नियुक्त गरेको छ । बालिका तथा किशोरीको अधिकार संरक्षण, सम्बर्द्धन र सशक्तीकरण गर्न हमाललाई मंगलबार एक दिनका लागि अध्यक्ष बनाइएको हो ।

लिड एण्ड डिसाइड परियोजना अन्तर्गत हिंसा न्यूनीकरण गर्न र बालिका सबै बराबरी भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम गरिएको थियो । किशोरीमाथि हुने दुव्र्यवहारको जोखिमबाट सचेत गराउन र संरक्षण प्रदान गर्न पालिका प्रतिबद्ध रहने हमालको भनाइ छ ।

गाउँपालिका अध्यक्षको जिम्मेवारी पाएपछि हमालले भन्नुभयो, ‘हामी स्थानीय सरकारका लागि पालिका तहमा बालबालिका तथा किशोर–किशोरीको इन्टरनेटमा पहँुच र अनलाइन माध्यमबाट हुन सक्ने दुव्र्यवहारको रोकथाम गर्न प्रतिबद्ध गरेकी छु ।

पालिकाले प्लान इन्टरनेसनल नेपाल, हामी दाजुभाइ, आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लालगायत संघ–संस्थासँग सहकार्य गरी बालिका सबै बराबरी हुन भन्ने अभियानलाई स्थानीय स्तरमा अघि बढाएको जनाएको छ । गाउँपालिका अध्यक्ष देवलसिंह रावलले स्थान दिएमा युवालाई उर्जा दिने र भविष्यमा काम गर्ने प्रेरणा मिल्नेमा जोड दिनुभयो ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…