पुलमुनि कसरी फस्यो एयर इण्डियाको जहाज ?

२० असोज, काठमाडौं । तपाईंले हवाईजहाज आकाशमा उडेको र रनवेमा गुडेको त देख्नु भएको छ तर कुनै पुलमुनि फसेको त पक्कै देख्नु भएको छैन होला । तर भारतको राजधानी नयाँदिल्लीमा एउटा जहाज पुलमुनि फसेको भिडियो भाइरल भएको छ ।

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको जहाज दिल्ली-गुरगाउँ राजमार्गको एक ओभर हेड ब्रिज (आकाशे पुल) मुनि अड्किएको हो ।

यो स्क्रेप्ड अर्थात् कवाड भइसकेको जहाज हो र एयर इण्डियासँग यसकोसम्बन्ध अब छैन । बिक्री भइसकेको यो जहाजलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतै लैजाने क्रममा आकाशे पुलमुनि फसेको हो । भारतका एक पत्रकार अशोक राजले ट्वीटरमा सार्वजनिक गरेको भिडियोमा सो जहाजका पंखा देखिंदैन । त्यसको नजिकबाट गाडीहरु ओहोरदोहोर गरिरहेका देखिन्छन् ।

यो भिडियो ट्वीटर र युट्युबमा हजारौंले हेरेका छन् । भिडियो हेर्नेहरुले विभिन्न प्रतिक्रिया पनि पोष्ट गरेका छन् । कतिपयले यो जहाज कसरी फस्यो भनेर जिज्ञासा राखेका छन् भने केहीले विमान लैजानुभन्दा अगाडि त्यसको रुट राम्रोसँग जाँच्नुपर्थ्यो भनेका छन् ।

कतिपयले भने यो घटनालाई पश्चिम बंगालमा सन् २०१९ को घटनासँग तुलना पनि गरेका छन् । त्यतिबेला पनि एउटा कवाडी जहाज पुल मुनि फसेको थियो । अर्का एक ट्विटर प्रयोगकर्ताले जहाज लरीमा लोड गरेर लैजाँदै गरेको भिडियो पोष्ट गर्दै यो घटना ३ अक्टोबरको भएको बताएका छन् ।

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…