मध्यरातमा अचानक साहरुख खानलाई भेट्न ‘मन्नत’ पुगे सलमान, जेलमै बित्यो आर्यनको रात

‘मुम्बई क्रुज ड्रग्स छापा’मा मुछिएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले शनिबार शाहरुखका छोरा आर्यन खानलाई ला’गुपदार्थ प्रकरणमा प’क्राउ गरेको छ। आर्यनलाई पक्राउ गरेपछि आइतबार राती अभिनेता सलमान खान शाहरुखको बंगला मन्नत पुगेका थिए। सलमान अचानक शाहरुखको घरमा उनलाई भेट्न पुगेको इन्डिया टुडेले जनाएको छ।

अष्ट्रियामा आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङ सक्काएर सलमान केही दिनअघि मात्र भारत फर्किएका थिए। यता आर्यनलाई एनसीबीले प’क्राउ गरेपछि उनले यो घटनाक्रममा नजर राखिरहेका छन्। स्रोतका अनुसार आइतबार राती सलमान केबल शाहरुखलाई समर्थन गर्न उनको घर गएका हुन्। सलमानको अपार्टमेन्ट मन्नतभन्दा केही दुर मात्र टाढा छ।

इडिन्या टुडेका अनुसार सलमान र शाहरुख आफ्ना आउँदो नयाँ फिल्महरुमा सँगै देखिने छन्। सलमानको फिल्म ‘टाइगर ३’मा शाहरुखले क्यामियो गर्नेछन्। यसैगरी शाहरुखको नयाँ फिल्म ‘पठान’मा पनि सलमानलाई क्यामियोको रुपमा देखिने हल्ला छ। तै सलमानको सो भेटमा कामको कुरा नभएको स्रोतले जनाएको छ।

सलमान र शाहरुखको मित्रता केही वर्ष यतादेखि गहिरो हुन थालेको हो। यसअघि मनमुटावको कारण यी दुई अभिनेताको बोलचाल समेत हुँदैन थियो। सलमानसँगै अहिले बलिउडका अन्य ठूला सुपरस्टारहरुले शाहरुखलाई फोन गरेर उनलाई समर्थन व्यक्त गरिरहेका छन्।

लागुपदार्थ प्रकरणमा आर्यनसँगै उनका दुई साथी अर्बाज मर्चेन्ट र मुनमुन धामेचापनि पक्राउ परेका छन्। यी तीनजनालाई आज अदालतमा पेश गरिने छ। आर्यनका वकिल सतीश मनेशिन्देले उनलाई जमानतमा छुट्टाउनका लागी आवेदन दिने बताएका छन्।

जेलमै बित्यो आर्यनको  रात

शाहरुख खानका छोरा आर्यनले प्रहरी हिरासतमै रात कटाएका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले आइतबार आर्यनसँगै प’क्राउ परेका अरबाज मर्चेन्ट तथा मुनमुन धमिचालाई अदालतमा पेश गरेको थियो । र, अदालतले उनीहरुलाई एक दिन एनसिबीको हिरासतमा राख्न आदेश दियो ।

आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतिश मानसिन्देले मुद्दा ल’डिरहेका छन् । मानसिन्देले नै रिया चक्रवर्तीको केस पनि हेरेका थिए । शनिबार मुम्बईस्थित एक क्रुजमा एनसिबीले छापा मार्दा आर्यनसहित १३ जना प’क्राउ परेका थिए । यस क्रुज जहाजमा ड्रग्स पार्टी चलिरहेको थियो । उक्त जहाज मुम्बईबाट गोआतर्फ जाँदै थियो । पार्टीमा सहभागी हुनेहरुले टिकटबापत ८० हजारदेखि २ लाख भारुसम्म तिरेका थिए ।

यद्यपी, आफुले कुनै पैसा नतिरेको, ड्रग्स पनि नलिएको र केवल पाहुनाका रुपमा पार्टीमा सहभागी भएको बयान आर्यनले दिएका छन् । आर्यनकाअनुसार यस पार्टीमा उनी आउने प्रचार गरेर अन्य धेरैलाई सहभागी हुन बोलाइएको थियो ।

आर्यनको गल्ती छैन : मानसिन्दे

आर्यनको केस हेरिरहेका वकिल सतिश मानसिन्देले उनलाई जमानतमा रिहा गर्नुपर्ने तर्क अदालतमा राखेका थिए । तर, आइतबार यस्तो हुन सकेन । ‘मेरा क्लाइन्टलाई आयोजकले बोलाएका थिए । उनीसँग क्रुजको टिकट पनि थिएन । उनीबाट केही बरामद पनि भएन ।

उनको मोबाइल फोनको पनि जाँच भइसकेको छ । त्यहाँ पनि केही भेटिएन,’ मानसिन्देले भने,‘न उनले ड्रग्स लिएका छन् । न उनीबाट केही बरामद नै भएको छ ।’

यसअघि हरिले एनसिबी कार्यालयमा झन्डै ४ घण्टासम्म आर्यनलाई सोधपुछ गरेको थियो । आर्यनसहित तीन आरोपीहरुलाई जेजे अस्पताल लगेर मेडिकल परीक्षण गरिएको थियो ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…