फेसबुकमा समस्या भएको ६ घण्टापछि पुनः सुचारु, जुकरबर्गले गुमाए ६ अर्ब बढी डलर

क्यालिफोर्निया । फेसबुकमा समस्या आएको ६ घण्टापछि पुनः सुचारु भएको छ । फेसबुकसहित ह्वाट्सएप र इन्स्टाग्राममा सोमबार समस्या आएको थियो ।

करिब ६ घण्टापछि अरबौँ प्रयोगकर्ताले पुनः सेवा प्रयोग गर्न पाएको फेसबुकले जनाएको छ। यी तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन।

फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ। उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जनाएको छ।

साइबर सुरक्षा विज्ञहरूले उक्त अवरोध प्रविधिमा देखा परेको आन्तरिक समस्याका कारण सिर्जना भएको हुन सक्ने ठाने पनि त्यो त्यहीँ भित्रकै कसैले सिर्जना गराएको समस्या हुन सक्ने अवस्थालाई सैद्धान्तिक रूपमा सम्भव ठान्छन्।

बाह्य ह्याकिङ भएको सम्भावना चाहिँ कम ठानिएको छ। बीबीसीका उत्तर अमेरिका प्रविधि संवाददाताका अनुसार यसको कारण अझै स्पष्ट भइसकेको छैन।

जुकरबर्गले गुमाए ६ अर्ब बढी डलर

फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन्।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।

सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। यसअघि उनीभन्दा पछि रहेका बिल गेट्सले जुकरबर्गलाई पछि पारेका छन्।

यसअघि सेप्टेम्बर १३ मा अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले फेसबुकको प्रणालीमा समस्या रहेको स्टोरीहरू प्रकाशित गरेको थियो। सोमबार फेसबुकमा समस्या नै देखिएपछि यो विषयले अमेरिकी सरकारी अधिकारीको ध्यान तानेको छ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…