तालिबानसँग रुष्ट कतार : भन्यो, ‘हामी पनि मुस्लिम देश, हामीबाट सिक्नुहोस् देश चलाउन’

तालिबानलाई खुल्ला मनले समर्थन गर्ने देश कतार हाल यो संगठनसँग निकै रिसाएको छ । कतारका एक शीर्ष कुटनीतिज्ञले महिला शिक्षाका लागि तालिबानको व्यवहार असाध्यै निराशाजनक भएको र यो कदमले अफगानिस्तानलाई थप पछि धकेल्ने बताएका छन् । उनले यदि तालिबानले साँच्चै नै एक इस्लामिक सिस्टममार्फत् देश चलाउन चाहेको भए तालिबानले कतारबाट सिक्नुपर्ने समेत बताएका छन् ।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले एक पत्रकार सम्मेलनमा युरोपेली विदेश नीति प्रमुख बोरेलसँग कुराकानी गरे र थुप्रै मुद्दासहित अफगानिस्तानमा महिलाको शिक्षामाथि रोकलाई निराशाजनक बताए ।

उनले भने, ‘हालै अफगानिस्तानमा जुन प्रकारको कदम उठाइएको छ, जसले अफगानिस्तानलाई विकासको बाटोमा निकै पछाडि धकेलिन सक्छ । यो निकै दुर्भाग्यपूर्ण हो । ’

स्मरण रहोस्, अमेरिकी सेना निस्किएपछि अघिल्ला केही हप्तामा अफगानिस्तानमा उथलपुथल मच्चिएको छ । कतारले यो संवेदनशील समयमा अफगानिस्तानलाई असाध्यै मद्दत गरेको छ । कतारले काबुल विमानस्थलका काम कारवाही सम्हाल्न मद्दत गरेको थियो । यसबाहेक हज्जारौं विदेशी र अफगानीलाई पनि यो देशबाट निकाल्न मद्दत गरेको थियो ।

यसबाहेक अफगानिस्तानमा तालिबानको क’ब्जा’पछि त्यहाँ आफ्नो उच्च स्तरीय प्रतिनिधिमण्डल पठाउने कतार संसारको पहिलो देश बनेको थियो ।

‘महिलाको मुद्दालाई कसरी सम्बोधन गर्ने, तालिबानले यो कुरा हामीबाट सिक्नुपर्छ ’

शेख मोहम्मदले थपे, ‘हामीले लगातार तालिबानसँग कुरा गर्न आवश्यक छ र उनीहरुलाई आग्रह गर्न आवश्यक छ । उनीहरुलाई विवादित क्रियाकलापबाट टाढै बस्न आग्रह गर्न आवश्यक छ ।

हामी तालिबानलाई एक इस्लामिक देश भएर कसरी कानून चलाउन सकिन्छ र कसरी महिलाको मुद्दालाई सम्बोधन गर्न सकिन्छ भनेर देखाउने कोसिस गरिरहेका छौं । एउटा उदाहरण कतार हो । यो एउटा मुस्लिम देश हो । हाम्रो सिस्टम इस्लामिक सिस्टम हो तर जब कर्मचारी वा शिक्षाको कुरा आउँछ तब कतारमा पुरुषको तुलनामा महिला धेरै पाइन्छ ।’

शेख मोहम्मदले आशा जताउँदै भने, ‘पछिल्ला वर्षमा अफगानिस्तानमा जे जति प्रगति भएको छ, त्यसलाई कायम राख्नेछन् । ’ उनले अन्तरराष्ट्रिय समुदायसँग संवेदनशील स्थितिबाट गुज्रिरहेको अफगानिस्तानलाई एक्लो नबनाउन पनि अपिल गरेका छन् ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…