एनसीबीको बयानका क्रममा रोएको रोयै गरे शाहरुख खानका छोरा

बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज जहाजमा भएको ला’गूपदार्थ सहितको पार्टीमा आइतवार प’क्राउ गरी बयान लिइएको छ । ला’गूऔषध नि’यन्त्रण ब्युरो (एनसीबी) ले उनीसँग सोधपुछ गरिरहेको छ र केरकारका क्रममा आर्यन खान रोएका छन् ।

यसैबीच शाहरुखले आफ्नो छोरा आर्यनसँग फोनमा कुरा गरेको एनसीबी स्रोतहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । आर्यन पक्राउ परेपछि कानूनी प्रक्रिया अन्तर्गत रही एनसीबीले आफ्नो ल्यान्डलाइनन फोनबाट आर्यनलाई शाहरुखसँग कुरा गर्न दिएको हो ।

आर्यनले लगभग चार वर्षदेखि लागूपदार्थ लिन थालेको सोधपुछको क्रममा खुलेको छ । उसले भारतबाहिर बेलायत र यूएईमा समेत ड्र’ग्स लिएको पाइएको छ ।

गोप्य सूचना पाएपछि एनसीबीले क्रुजमा छापा मार्दा १३ ग्राम को’केन, पाँच ग्राम ए’मडी, २१ ग्राम च’रेस, एमडीएमएका २२ वटा चक्का र १.३३ लाख भारु जफत गरेको छ ।

एनसीबीले आर्यन खान र अरबाज मर्चेन्ट समेत यस मुद्दाका अन्य आरोपितहरूको फोन जफत गरेर सबै मेसेज हरेको थियो । आर्यन ला’गूप’दार्थका आपूर्तिकर्ता र दलालहरूको सम्पर्कमा रहेको त्यसबाट खुलासा भएको छ । त्यही प्रमाणका आधारमा एनसीबीले आर्यन र अरबाजलाई सँगै राखेर कडा सोधपुछ गरिरहेको छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…