पहाडमा त के हो के हो, मधेशमा वालविवाह गर्न पाउँनु पर्छ : मातृका यादव

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले मधेशमा वालविवाहलाई मान्यता दिनु पर्ने माग गरेका छन् । सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले पहाडमा नभए मधेशमा वालविवाहलाई वैधानिक वनाउन माग गरेका हुन ।

मुलुकी देवानी संहिता–२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । २० वर्षभन्दा मुनिको विवाहलाई वालविवाह मानेर कारवाही गर्ने कानुनी प्रावधान छ। तर, उनले विवाहको उमेर घटाउनुपर्ने माग गरेका छन् ।

‘विवाहको उमेर घटाउनै पर्छ । पहाडमा त के हो के हो मधेसमा त उमेर घटाउनै पर्छ’ उनले भने–‘युरोपमा त पढ्छन् र ढिलो विवाह हुन्छ । हाम्रो मधेसमा त गरिबी छ । बढी उमेर भयो भने त गाह्रो हुन्छ । दाइजोलगायतले पनि गाह्रो हुन्छ । पढाउन गाह्रो छ।’

यादवको भनाइमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि समर्थन जनाएका छन्। यस्तै, समितिका सभापति कृष्णभक्त पोखरेलले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ र विवाहका लागि २० वर्ष तोकिएकाले पनि समस्या निम्तिएको बताए । उनले यसमा केही हेरफेर हुनुपर्ने पनि बताए ।

पुर्वमन्त्री समेत रहेका नेता यादवले लिभिङ टुगेदरलाई पनि कानुनी मान्यता दिनुपर्ने बताएका छन् । ‘चोरी–चोरीकन बस्छन् र अ’पराध हुन्छ । यी विषयहरूलाई क्लियर गर्नुपर्छ ।’– उनले भने।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…