जहाजमा प्राविधिक समस्या थिएन, अतिरञ्‍जित गरियो : बुद्धएयर

काठमाडौं : बुद्ध एयरले आफ्नो जहाजमा कुनै खराबी नभएको प्रष्ट्याएको छ। काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज त्यहाँ अवतरण गर्न नसकी काठमाडौं फर्किएको घटनापछि आएका विभिन्न टिकाटिप्पणीबारे बुद्ध एयरले स्पष्ट पारेको हो।

बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले सोमबार यात्रुहरुको हितमा जारी गरेको सूचनामा कुनै निहित स्वार्थ बोकेकाहरुले नकारात्मक सूचना फैलाइरहेको बताइएको छ। सूचनामा भनिएको छ, ‘सो जहाजबारे अध्ययन गरिएको प्रारम्भिक रिर्पोट नागरिक उड्ड्यन प्राधिकरणमा सोहि दिन बुझाएका थियौं। त्यसबेला सो जहाजमा प्राविधिक समस्या नभएको भनिएको थियो। ‘

बुद्धले आफ्ना जहाजहरु ठिक अवस्थामा रहेको दावी गरेको छ। काठमाडौंबाट विराटनगरका लागि ११ असोजमा उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुन: काठमाडौं फर्काइएको थियो।

ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगर विमानस्थलमा जहाज अवतरण हुन सकेको थिएन। त्यहाँ अवतरण हुन नसकेपछि काठमाडौंमा ‘नर्मल’ अवतरण गरिएको थियो। जहाजमा ७६ जना यात्रु सवार थिए।

बुद्धएयरले सोमबार नागरिक उड्डयन प्राधिकरणलाई आन्तरिक जाँचबुझको रिपोर्ट बुझाएको छ। उक्त जहाजमा केही खराबी नभएको बुद्धएयर स्रोतले जनाएको छ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…