मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा अख्तियारविरुद्ध प्रदेश २ मा प्रदर्शन

जनकपुर ।  प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरोधमा सत्तासिन जनता समाजवादी पार्टी (जसपा) ले आइतबार जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

जनकपुरको रेल्वे स्टेशनमा सयौंको संख्यामा मोटरसाइकलसहित उपस्थित भएका जसपाका नेता/कार्यकर्ताले अख्तियारविरुद्ध आक्रोश पोखे । ‘राजनीतिक कारणले छापा’ मारेको आरोप लगाउँदै जसपाका नेता/कार्यकर्ताले मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।

जसपाका युवा नेता जितेन्द्र यादवका अनुसार मोटरसाइकलसहित प्रदर्शनकारी जनकपुरको विभिन्न भागको परिक्रमा गर्दै पिराडी चोकमा विरोधसभामा परिणत भएको छ । सभामा बोल्दै जसपाका नेताहरुले अख्तियारले राजनीतिक प्रतिशोध साध्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको आरोप लगाए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले छापा मारेको मामिलामा आपत्ति जनाउँदै जसपा केन्द्रीय कार्यालयले विरोधमा उत्रिन आह्वान गरेलगत्तै प्रदेश २ मा अख्तियारविरुद्ध दिनहुँ प्रदर्शन हुन थालेको छ ।

‘अख्तियारले राजनीतिक प्रतिशोध लिन कसैको इसारामा मुख्यमन्त्री कार्यालयमा छापामारी गरेको हो,’ जसपाका नेता यादवले कोणसभामा भने, ‘प्रदेश सरकारको कार्यालयमा छापामारी गर्नु संघीयताविरोधी कार्य हो । संघीयता नरुचाउनेको इसारामा छापा मारिएको हो । यसको हामी प्रतिवाद गर्छौं ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो । साइकल खरिदमा अनियमितता आशंका गर्दै अख्तियारले मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेर खरिद फायल नियन्त्रणमा लिएको थियो । अख्तियारले छापा मारेको विरोधमा जसपाले शनिबार साँझ प्रदेश २ का ८ वटै जिल्लामा मसाल जुलुस निकालेको थियो ।

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…