राजेश हमालको तस्वीरलाई प्रमुख अतिथी बनाउदै शोभित बस्नेतले भने, ‘म गलत रहेछु, ‘महानायक’ राजेश हमाल नै हुन्’

निर्देशक शोभित बस्नेतले ‘महानायक’ राजेश हमाल नै भएको भन्दै आफू गलत रहेको स्विकार गरेका छन् । आज काठमाडौंमा आयोजना गरिएको चलचित्र ‘डाँडाको वर पीपल’को ट्रेलर रिलिज कार्यक्रममा शोभितले हमालको तस्वीरलाई प्रमुख अतिथी बनाएका थिए ।

हमालको फोटोलाई प्रमुख अतिथी बनाउनुको कारणबारे शोभितले भने–‘मैले जहिले पनि महानायक भन्दा सुपरस्टार ठूलो भन्ने ठान्थेँ । यसैले, चलचित्र क्षेत्रमा राजेश हमाल भन्दा ठूलो कोही पनि छैन भनेर उहाँलाई सुपरस्टार भनेको हुँ ।

तर, म गलत रहेछु । यसैले, सबैसँग माफी माग्दै आजबाट हरेक ठाउँमा राजेश हमाललाई नै महानायक भन्नेछु । मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ ।’

शोभितले हमाल नै ‘महानायक’ रहेको स्विकार गर्दै आफूले उनको तस्वीरलाई प्रमुख अतिथी बनाएको समेत बताए । आफूले फेरि अर्को विवाद निकाल्न र चलचित्र चलाउनका लागि हमाललाई ‘महानायक’ नमानेको शोभितको तर्क थियो । यसअघि यो चलचित्रको गीत रिलिज कार्यक्रममा शोभितले नेपाली चलचित्र क्षेत्रको ‘महानायक’ भएको बताएका थिए ।

आज आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु नायकद्धय भुवन केसी र शिव श्रेष्ठ, नायिका गौरी मल्ल भने उपस्थित थिएनन् । शोभितले चलचित्रका अन्य कार्यक्रम पनि आयोजना गर्न बाँकी रहेको भन्दै मुख्य तीन कलाकार उपस्थित नभएको बताए ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…