एकाएक ताइवानको रक्षा क्षेत्रमा चीनले २५ सैन्य विमान पठाएपछि…

ताइपेइ । जनवादी गणतन्त्र चीन स्थापना दिवसकै दिन चीनले २५ वटा सैन्य विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा पठाएको भन्दै ताइवानले आपत्ति जनाएको छ । चीनले शुक्रबार ताइवानको स्वशासित टापु नजिकै विमान पठाएर शक्ति प्रदर्शन गरेको भन्दै ताइवानले आपत्ति जनाएको छ ।

चीनले भने यस क्षेत्रलाई आफ्नै क्षेत्र भएको दाबी गर्दै आएको छ । बेलायतले ताइवानमा दुई यु’द्धपोत पठाएको आरोप लगाएकै साता चीनले फेरि ताइवानमा २५ सैन्य विमान पठाएको हो ।

ताइवानको रक्षा मन्त्रालयले चीनले २२ लडाकु, दुई परमाणु बमवर्षक र एक पनडुब्बी विरोधी विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको जनाएको छ । चीनले यसअघि पनि पटक-पटक ताइवानको रक्षा क्षेत्रमा यु’द्ध विमान पठाइसकेको थियो । गत साता ताइवानले ट्रान्स प्यासिफिक व्यापार सम्झौतामा समावेश हुन आवेदन दिएपछि चीनले आफ्ना २४ विमान ताइवानको क्षेत्रमा पठाएको थियो ।

चिनियाँ नेताहरुले ताइवानलाई एक दिन कब्जा गर्ने प्रतिक्रिया दिँदै आएका छन् । आवश्यक परेमा बलपूर्वक कब्जा गर्ने उनीहरुले बताउँदै आएका छन् । २०१६ मा ताइवानमा राष्ट्रपति निर्वाचनपछि चीनलाई दबाब बढ्न थालेको बताइन्छ । ताइवानका राष्ट्रपति साइ इङ वेनसहित नेताहरुले चीनबाट स्वतन्त्र भएको प्रतिक्रिया दिन थालेपछि चीनले यस क्षेत्रमा थप गतिविधि बढाउँदै आएको छ ।

विशेषगरी चीनले ताइवानको क्षेत्रमा विमान पठाउने क्रम बढाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार गत वर्षमात्रै ३८० वटा चिनियाँ विमान ताइवानको रक्षा क्षेत्रमा प्रवेश गरेका थिए । यस वर्ष भने ९ महिनामै उक्त अघिल्लो वर्षको संख्या पार गरिसकेको छ । ताइवानमाथि चिनियाँ गतिविधिलाई लिएर अमेरिकाले भने चीनको आलोचना गर्दै आएको छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…