पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सामान्य सुधार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सामान्य सुधार आएको छ । पुन थाइल्यान्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् ।

चिकित्सकका अनुसार पुनको शरीररमा देखिएको जन्डिसको समस्या नियन्त्रणमा आइरहेको छ । सामान्यतः स्वस्थ मानिसको रगतमा बिलिरुबिन नामक रसायनको मात्रा १.२ देखि ८ मिलिग्राम प्रति डेसिलिटरसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलिरुबिनको मात्रा अन्यिन्त्रित भएर ३४ एमजी/डीएल पुगेपछि चिकित्सकले बैंकक रिफर गरेका थिए ।

‘अहिले उनको बिलिरुबिनको मात्रा घटेर २७ एमजी/डीएलमा आएको छ,’ उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन् । घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन् ।

‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ,’ घर्तीले भनिन्, ‘नेपालबाट आउँदाभन्दा अहिले राम्रो भएको छ ।’ यद्यपि बान्ता नरोकिएको उनले जानकारी दिइन् । खानामा अरुचि हुने समस्याका कारण पुनलाई सलाइन दिइएको छ ।

जन्डिसको मात्रा अत्यधिक बढेको र उच्च ज्वरोसँगै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो । तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएका थिए । पुन जन्मजात रूपमा जन्डिससम्बन्धी समस्याबाट पीडित छन् ।चार वर्षअघि पनि उनलाई नेपालका विभिन्न अस्पताल तथा भारतको मेदान्त अस्पतालमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…