के रावणसँग साँच्चिकै थियो त पुष्पक विमान ?

काठमाडौं । भारतवर्षका प्राचीन ग्रन्थहरूमा आजभन्दा लगभग १० हजार वर्षपहिले विमानहरूको चर्चा गरिएको पाइन्छ । रामायणमा रावणको पुष्पक विमान एउटा उदाहरण भयो ।

सैनिक क्षमता भएका विमानको प्रयोग, विमानहरूको भिडन्त तथा विमान अदृश्य हुने र एउटा विमानले अर्कोलाई लखेट्ने कुराहरू पुराणमा वर्णन गरिएका पाइन्छन् ।

प्राचीन विमान दुई किसिमका थिए : मानव निर्मित विमान जुन आधुनिक विमान जस्तै पंखको सहायतामा उड्थे अनि आश्चर्यजनक विमान जुन एलियनको यूएफओ जस्ता देखिन्थे ।

ऋग्वेदमा कम्तीमा पनि २०० चोटि विमानहरूको चर्चा भेटिन्छ । तिनमा तीनतल्ले, त्रिभुज आकारको तथा तीनवटा चक्का भएको विमान अश्विनीकुमार अर्थात् देववैज्ञानिकहरूले बनाएको उल्लेख छ । त्यस्ता विमानमा साधारणतया तीन यात्री चढ्न सक्थे ।

विमान निर्माणका लागि सुन, चाँदी र फलाम प्रयोग गरिन्थे र तिनीहरूको दुवैतिर पंख हुन्थे । वेदमा विमानका आकारप्रकार उल्लेखित छन् । अग्निहोत्र विमानका दुई इन्जिन अनि हस्ती विमानमा दुईभन्दा बढी इन्जिन हुन्थे । विशाल पक्षजस्तो देखिने विमान पनि थिए ।

यजुर्वेदमा पनि अर्को विमान र त्यसको सञ्चालन प्रक्रियाको उल्लेख पाइन्छ । त्यो विमान पनि अश्विनीकुमारले गरेका हुन् । विमानको प्रयोग गरेर उनीहरूले राजा भुज्युलाई समुद्रमा डुब्नबाट बचाएका थिए ।

सन् १८७५ मा भारतको एक मन्दिरमा विमानिका शास्त्र भेटिएको थियो । यो ग्रन्थ इसापूर्व ४०० मा रचिएको मानिएको छ र यसलाई ऋषि भारद्वाजले रचेको मानिन्छ । यसको अनुवाद अंग्रेजी भाषामा भइसकेको छ ।

यो ग्रन्थमा पूर्ववर्ती ९७ विमानाचार्यहरू तथा २० वटा कृतिको वर्णन पाइन्छ । ती कृतिमा विमानका आकारप्रकारको विस्तृत जानकारी पाइन्छ । यी अमूल्य कृतिहरू नष्ट भइसकेका छन् ।

कृतिमा विमान सञ्चालनको बारेमा जानकारी, उडानको समयमा सुरक्षाको जानकारी, तुफान र बिजुलीको आघातबाट विमानको सुरक्षा उपाय, सौर्य ऊर्जाको प्रयोग लगायतका विषयमा त्यसमा अटाएका छन् ।

कथासरित्सागर र कौटिल्यको अर्थशास्त्रमा पनि विमानका विषयमा उल्लेख पाइन्छ । त्यसैले रामायणमा रावणको पुष्पक विमानको चर्चा कोरा कप्लना होइन । रावणले प्राचीन ग्रन्थहरूको अध्ययनबाट विमान बनाउन सिकेको हुनुपर्छ । द स्पीकिङ ट्रीबाट

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…