तीन ठाउँमा काटियो इन्टरनेट र केबलको तार

१६ असोज, विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तीन ठाउँमा इन्टरनेट र केबल टिभीको तार काटेको छ । बिजुलीको खम्बा प्रयोग गरेबापत भाडा तिर्न अटेर गरेपछि शनिबार तीन स्थानको तार काटेको हो ।

शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले बताए ।

विराटनगर महानगरपालिका–३ स्थित पुष्पलाल चोकमा प्राधिकरणले तार काटिदिएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर १ र २ र ग्रामथान गाउँपालिका वडा नम्बर ३ र ४ मा पनि पोलमा बिच्छयाइएको तार काटेको हो ।

इन्टरनेटको तार काटिदिएपछि त्यस क्षेत्रका अधिकांश उपभोक्ताहरु इन्टरनेट सेवाबाट बञ्चित भएका छन् ।

बिजुलीको खम्बा भाडाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा टिभी केबल प्रशारकहरुबीच विवाद छ । सेवा प्रदायकहरुले भाडा प्रयोग गरे बापतको रकम भुक्तानी गर्न नमानेपछि तार कटौती गरेको हो ।

प्राधिकरणले २०७४ सालमा भएको सम्झौता बमोजिमको भाडा तिर्न ताकेता गरेको थियो भने इन्टरनेट प्रदायकहरुले तिरेका छैनन् ।

विराटनगरमा इन्टरनेट प्रदायक र टिभी केबल प्रशारकहरुसमेत गरी ८ वटा कम्पनीले नेपाल विद्युत प्राधिकरणको बिजुलीको खम्बा प्रयोग गरेका छन् । ती कम्पनीले २०७५ सालदेखि प्राधिकरणलाई बिजुलीको पोल प्रयोग गरेबापत भाडा तिरेका छैनन् । आर्थिक वर्ष २०७७÷७८ सम्मको झण्डै ५ करोड हाराहारीमा बक्यौता असुल गर्न बाँकी छ ।

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…