इटालीमा एक मूर्तिले मच्चायो तहल्का, नेताहरूले नै गरे मूर्ति ढाल्न माग

काठमाडौँ । इटालीमा एक महिलाको मूर्तिलाई लिएर यतिखेर चर्को बहस भइरहेको छ । १९ औँ शताब्दीमा लेखिएको एक कविताको सम्मानमा उक्त कविताकी नायिकाको प्रतिमास्वरुप बनाइएको मूर्तिले २१ औँ शताब्दीमा आएर बहस र विवाद निम्त्याएको हो ।

तामाबाट बनाइएको यो महिलाको प्रतिमामाथि हाल विशेषगरी ‘सेक्सिज्म’ (महिलाविरोधी विचारधारा) लाई लिएर बहस चलेको छ ।

उक्त मूर्तिमा एक महिलालाई पातलो एवं पारदर्शी कपडा लगाइएको अवस्थामा चित्रण गरिएको छ । साथै महिलाको दायाँ हात आफ्नो वक्षस्थलमा राखेको र कर्के हेराइ देखाइएको छ।

आज आएर यो मूर्तिको भाव र मर्ममाथि यति धेरै विवाद बढेको छ कि धेरैजसो नेताहरु नै यो मूर्ति ढाल्नुपर्ने माग गरिरहेका छन् । विशेषगरी महिलावादी नेतृत्वकर्ताहरुले यसलाई ढाल्नुपर्ने माग उठाएका हुन् ।

यो मूर्ति इटालीको दक्षिणमा अवस्थित साप्री शहरमा बनाइएको छ । जुन प्रसिद्ध इटालियन कवि लुइजी मिरकन्तिनीद्वारा लिखित ‘ला स्पीगोलात्रिचे दी सप्री’ शीर्षकको कविताको सम्मानमा एक मूर्तिकारले बनाएका हुन् ।

मूर्ति ढाल्न माग

महिला नेतृहरुको एक समूहले यो मूर्ति भत्काउन माग गरेको छ । उनीहरुले एक बयान जारी गर्दै भनेका छन्, ‘एकपटक फेरि हामी आफैंलाई खालि एक यौनिक तरीकाले बनेको शरीरको रूपमा यस मूर्तिलाई देख्दा लाज लाग्छ ।’

उनीहरुको बयानअनुसार, यो मूर्तिको सामाजिक र राजनैतिक मुद्दाहरुसंग कुनै सम्बन्ध छैन, न त यसको कुनै आत्मा छ ।

इटालीकी डेमोक्रेटिक पार्टीकी सांसद मोनिका चिरिन्नाले यस मूर्तिलाई इतिहासमाथि र महिलाहरुकै अनुहारमा चोटिलो थप्पडको रुपमा व्याख्या गरेकी छन् ।

उनले एक ट्वीट गर्दै भनेकी छन्, ‘यो मूर्तिले इतिहासकी त्यस अन्न संकलक (महिला)को प्रतिबद्धताको बारेमा केही पनि प्रकट गर्दैन, जसले दमनकारीहरुको विरुद्धमा खडा हुनका लागि काममा जान छाडेर विद्रोह गरेकी थिइन् ।’

तर उक्त शहरका मेयर एन्टोनियो जेन्टीले भने आफ्नो एक फेसबुक पोस्टमा उक्त मूर्तिको बचाव गरेर कलाकारिताप्रति समझ राख्नुपर्ने बताएका छन् । उनले यस मूर्तिलाई कलाकार इमानुएल स्टेफानोले एक फरक ‘कौशल र गहिरो समझ’बाट निर्मित कला भनेका छन् ।

मेयर जेन्टीले भनेका छन् कि उनको शहर यस कलाको मूल्य, सिद्धान्तहरु र परम्परामाथि प्रश्न गर्नका लागि तयार छैन।

मूर्तिकार के भन्छन् त ?

यो मूर्ति बनाउने कलाकार भने आफ्नो कलाको मूल्यमाथि धावा बोलिएको भन्दै खिन्न र निराश छन् । मूर्तिकार स्टेफानोले पछिल्लो समय बहसमा आएको यस मुद्दाबारे एक फेसबुक पोष्ट लेखेर आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले हाल देखिएका यी आलोचनाले आफू निराश र खिन्न भएको बताएका थिए ।

आफ्नो मूर्तिको बचाउ गर्दै उनले भनेका छन् कि उनी सधैं मूर्तिहरुलाई कम्तीमा एक पातलो नै भए पनि कपडाले ढाक्ने (छोप्ने) कोसिस गर्दछन्, चाहे त्यो पुरुषको मूर्ति होस् या महिलाको मूर्ति । उनको यो भनाइ इतिहासमा र विभिन्न देशमा समेत नग्न मूर्तिहरु समेत रहेकोप्रति लक्षित छ । तर उनको मूर्ति भने कम्तीमा नाङ्गै चाहिँ छैन ।

यस मूर्तिको सन्दर्भमा उनले थप के भनेका छन् भने उनी एक ‘आदर्श महिला’ र उसको आफूप्रतिको गर्व र तथा चेतनाको जागरण देखाउन चाहन्थे ।

साथै मूर्तिकार स्टेफानोले यस मूर्तिको डिजाइन गर्दा नै त्यहाँका अधिकारीहरुद्वारा अनुमोदित भएको थियो । पछिल्लो समय विशेषगरी ट्वीटर र फेसबुकलगायत सामाजिक सञ्जालमा यो मूर्तिबारे विभिन्न टीका–टिप्पणी एवं बहस भइरहेका छन् । (एजेन्सीहरुको सहयोगमा)

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…