प्रदीप ज्ञवालीको दावी : एमाले नभयेको भए मुलुकमा संविधान नै बन्दैन थियो

काठमाडौं । नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले एमाले पार्टी नभएको भए नेपालको संविधान नबन्ने दावी गरेका छन् । ललितपुरको गोदावारीमा जारी नेकपा (एमाले) प्रथम विधान महाधिवेशन सभामा बोल्दै सचिव ज्ञवालीले एमालेको अग्रणी भूमिका नभएको भए संविधान कार्यान्वयनसमेत नहुने बताए ।

‘नेपालमा नेकपा एमालेको अग्रणी भूमिका हुँदैन थियो भने अनेकौँ चुनौति र हस्तक्षेपलाई चिररे संविधान बन्दैन थियो,’ उनले भने, ‘संविधान कार्यन्वयका कामहरु अघि बढ्दैन थियो। एमाले नभएको भए भारतको नाकाबन्दीको सामना नेपालले गर्न सक्दैन थियो। देशको चुच्चे नक्सा देशले प्राप्त गर्न सक्दैन थियो।’

उनले नेपालको राष्ट्रिय राजनीतिमा एमाले घरको छानो जस्तै भएको उल्लेख गरे । उनले भने, ‘नेकपा एमाले राष्ट्रिय राजनीतिमा घरको धुरी जस्तै हो । जसमा सबै संरचनाहरु अडिएको छन् । राष्ट्रिय एकतार राष्ट्रियताका आधार स्तम्भको रुपमा एमाले उभिएको छ।’

महाधिवेशन कार्यक्रममा बोल्दै उनले एमाले नेपाली जनताको सपना र चाहना पूरा गर्ने एकमात्रै पार्टी भएको पनि जिकीर गरे । नेकपा (एमाले)को नेतृत्व नभएको भए जनताको ओइलाएका सपनाहरुलाई व्यूँत्याएर देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने आत्मविश्वास र सङ्कल्प राष्ट्रमा भर्न कतौबाट कसैलने नसक्ने उनको भनाइ थियो ।

त्यस्तैगरी नेकपा (एमाले)लाई नेतृत्वबाट हटाउनु सरकारको बिस्थापन मात्रै नभर मुलुकको सङ्कल्पहरुलाई विस्थापन भएको उनको दावी छ ।

नेकपा एमालेलाई सरकारबाट हटाउनु सरकारको बिस्थापन मात्रै नभर मुलुकको सङ्कल्पहरुलाई विस्थापन गर्न खोजिएको प्रयास हो,’ उनले भने, ‘एमाले पार्टीको विभाजन पार्टीको विभाजन मात्रै नभइ नेपालको लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरको प्रयासको विभाजन हो । तर ती कुराहरु किमार्थ पूरा हुन दिँदैनौँ।’

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…