नयाँ ढंगको जनयुद्ध गर्न तयार छु : अध्यक्ष ‘प्रचण्ड’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ ढंगको जनयुद्ध गर्न तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा सपनाको पाण्डूलिपी गिती संग्रह’ विमोचन कार्यक्रम गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र र बाहिरबाट आफूलाई घेरबन्दीमा पार्न खोजिएको भन्दै आवश्यक परे नयाँ ढंगको जनयुद्ध गर्न तयार रहेको बताएका हुन् ।

उनले अहिले नै हतियार उठाउने वा भूमिगत हुने नसोचेपनि नयाँ ढंगको जनयुद्धको खोजी भइरहेको धारणा राखे । प्रचण्डले लाखौ जनता माओवादीसँग उत्रिए अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने बताए ।

उनले माओवादी नेतालाई एउटै मञ्चमा तत्काल नबोलाउन आग्रह पनि गरे । यसरी एउटै मञ्चमा बोलाउँदा पुनः पार्टी एकता हुन लागेकाले धक्का पुग्न सक्ने उनले बताए ।

प्रचण्डले जनयुद्ध लडेका सवै नेताहरुले रियलाइज गरेपछि अन्तिममा सबै एकै ठाँउमा भेट हुनसक्ने जिकिर गरे ।कार्यक्रममा जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वमाओवादीबीच कार्यगत एकता हुनसक्ने भएपनि एउटै ठाँउमा बस्ने भने सम्भव नभएको धारणा राखे । उनले पार्टी एकताका लागि विचार, सिद्धान्त, संगठनात्मक तथा तत्कालीन र दीर्घकालीन कुरा मिल्नुपर्ने बताए ।

अग्रगामी शक्तिहरु प्रतिगमकाबिरुद्ध एक भएर सहकार्य गर्ने र चूनावी तालमेल गर्नुपर्ने उनको भनाइ छ । जनयुद्ध अध्ययन प्रतिष्ठानको आयोजनामा प्रगतिवादी कवि गीतकार तथा संगीताका दिलीपकुरमा श्रेष्ठद्वारा रचित सपनाको पाण्डुलिपी गीतिसंग्रह बिमोचन गरिएको हो ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…