बेपत्ता व्यक्तिको खोजी भइरहँदा हराएका व्यक्ति पनि आफ्नै खोजी अभियानमा जुटेका थिए

काठमाडौं। टर्कीमा एउटा निकै अनौठो घटना भएको छ । यहाँ बेपत्ता भएका एक व्यक्ति आफ्नै खोजी अभियानमा जुटेका थिए । उनलाई यो कुरा थाहा समेत थिएन कि मानिसहरु जुन व्यक्तिलाई खोज्दे जंगलमा घुमिरहेका छन् ती हराएका व्यक्ति उनी आफैं हुन् । यद्यपि यसो हुनुमा ती व्यक्तिको पनि कुनै गल्ती थिएन ।

टर्किश मिडिया एनटिभीको एक रिपोर्टअनुसार खासमा बेहान मुतुलु नामका ५० वर्षका एक व्यक्ति आफ्ना साथीहरुसँग ड्रिक गर्नको लागि घरबाट टाढा इनेगोल सहर गएका थिए । तर, यही बीचमा उनी साथीहरुबाट छुट्टिए र कतै हराए । स्थानीय मिडियाका अनुसार उनी नशाको हालतमा जंगलमा हराएका थिए । जब बेहान मुतुलु फर्किएनन् त्यसपछि उनका साथीहरुले पुलिसलाई सूचना दिए ।

पुलिसले पनि बेपत्ता भएको रिपोर्ट लेखेर उनको खोजीको लागि सर्च अभियान सुरु गर्यो । धेरै समयसम्म जंगलमा खोजी गर्दा पनि मुतुलुको कुनै सूचना पाइएन । यही बीचमा पुलिस अधिकारीहरुले जंगलमा मुतुलुको नाम चिच्याएर बोलाए ।

पुलिसले बोलाएपछ मुतुलुले पनि जवाफ दिए । त्यसपछि पुलिसकर्मी यो देखेर चकित परे कि मुतुलु त पूरै समय सर्च अभियानमा उनीहरुको साथमै हराएको मान्छे खोज्दै हिँडेका थिए ।

खासमा मुतुलुले कोही व्यक्ति हराएकोले सर्च अभियान सुरु गरिएको थाहा पाएपछि हराएका व्यक्ति खोज्न जंगलमा गएका सुरक्षाकर्मी र अन्य व्यक्तिहरुको साथमा आफू पनि खोजी अभियानमा सहभागी भएका थिए । तर, उनलाई हराएको व्यक्ति को हो भन्ने थाहा थिएन । उनलाई कोही अरु नै व्यक्ति हराइरहेको भन्ने लागेको थियो । उनलाई हराएको व्यक्ति आफू नै हो भन्ने त रत्तिभर लागेको थिएन ।

पुलिससँग मुतुलुको कुनै तस्वीर पनि थिएन । मुतुलुलाई पनि उनीहरुले आफूलाई खोजिरहेका छन् भन्ने थाहा थिएन । रिपोर्टका अनुसार जब बेहान मुतुलुले जंगलमा पुलिसले आफ्नो नाम बोलाइरहेको सुने त्यसपछि भने ‘तपाइँहरु कसलाई बोलाउँदै हुनुहुन्छ ? म त यहाँ छु ।’ मिडिया आउटलेट वजियतले ट्वीटरमा एउटा तस्वीर शेयर गरेको छ जसमा मुतुलु पनि खोजी अभियानमा अन्य सदस्यहरुसँगै छन् ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…