गाउँमा केपी आतंक छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँमा केपी आतंक रहेको बताएका छन्। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, ‘प्रतिकृयावादी खुलेयाम हिँडेका छन्। जसले गणतन्त्र रोक्नका लागि लड्यो त्यसको पो आतंक छ। ’

उनले भने, ‘हामीलाई टुक्रा टुक्रा पार्यौं भनेर दंग परेका छन्। सिद्धिए भनेर दगं परेका छन्। तर, हामी सिद्धिएनौं। प्रचण्डको केही मुल्य छैन भन्ने पनि थिए।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्ण समानुपातिक निर्वाचन प्रणाली आजको आवश्यकता रहेको बताएका छन्।
उनले भने, ‘गाउँपालिकाको अध्यक्षमा लड्ने हो भने ३०/४० लाख रुपैयाँ खर्च हुन्छ। केन्द्रमा १० करोडसम्म चाहिन्छ। लड्ने नै हो भने दलाल पुजिंपतिमा गएर दुई चार पैसा मागेर जित्छौं त ?’ उनले आफ्नो पार्टीसँग पैसा नभएको पनि बताए।

क्रान्तिकारीहरु नयाँ संकल्प सहित पार्टीलाई रुपान्तरण गर्न सम्भव भएको बताए। उनले भने, ‘कार्यकर्ता बिग्रेको होइन। नेता बिग्रेको हो। अब सच्चिनुपर्छ। सच्चिन आफैंबाट सुरु गर्नुपर्छ। ’ उनले प्रतिक्रान्ति र प्रतिगमन विरुद्ध नझुक्ने बताए।

प्रचण्डले भने, ‘हामि सच्चिनुपर्छ, आत्मसमिक्षा गर्नुपर्छ। देशलाई दुर्घटनाबाट बचाउन हामी सच्चिनुको विकल्प छैन। रुपान्तरित हुनुको विकल्प छैन।’ आगामी पार्टीको राष्ट्रिय सम्मेलनबाट २० प्रतिशत युवालाई पार्टीको केन्द्रीय सदस्य बनाइने उनले बताए।

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…