पीसीआर परीक्षण गर्दा नेगेटिभ तर, कोभिड कम छैन बिरामी – भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो

तनहुँ ।  ज्वरो आएपछि गत बिहीबार व्यास–१ भादगाउँका दीपक पन्थले छोरालाई उपचारका लागि अस्पताल लगे । त्यसको २ दिनमै श्रीमती र कान्छो छोरालाई ज्वरो आएको छ । निजी स्वास्थ्य संस्थामा उपचार गर्दा चिकित्सकले भाइरल ज्वरो भने पनि कोरोना संक्रमणको आशंकामा परिवारका सबै सदस्यको पीसीआर परीक्षण गर्न नमुना दिएको दीपकले बताए ।

‘पहिले रुघा लागेजस्तो भएको थियो, दौडधुपका कारणले होला भनेर खासै वास्ता गरिएन,’ उनले भने, ‘एक्कासि परिवारका अन्य सदस्यलाई पनि ज्वरोले समात्यो ।’

व्यास–४ की ६८ वर्षीया ज्ञानु श्रेष्ठ आइतबार बिहानबाट झाडापखाला भएर दमौली अस्पतालमा भर्ना भएकी छन् । बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, कमजोरी महसुस हुनेसमेत भएको उनले सुनाइन् । व्यास–७ कलेस्तिकी अनिता बोटे १० दिने शिशुको उपचारका लागि ३ दिनदेखि दमौली अस्पतालमै छिन् । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरेको उनले सुनाइन् । ‘तर कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । बच्चाको स्वास्थ्य सामान्य नभएसम्म यहीं राख्छौं,’ उनले भनिन् ।

जिल्लामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीका यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् । केही दिनयता उपचारका लागि दमौली अस्पताल आएका बिरामीमध्ये २० प्रतिशतभन्दा बढीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको अस्पतालले जनाएको छ । जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि यस्ता बिरामीको संख्या बढ्दो पाइएको छ ।

पछिल्लो समय एकै परिवारका २/३ जनालाई रुघाखोकी, ज्वरोजस्ता समस्या देखिएर स्वास्थ्य संस्था आउने गरेका चिकित्सकहरू बताउँछन् । तर उनीहरूमध्ये अधिकांशको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आउने गरेको दमौली अस्पतालका मेसु डा. सुनील पौड्यालले बताए ।

‘दमौली अस्पतालमा मात्रै दिनमा २ सय ५० देखि ३ सय जनासम्म बिरामी उपचारमा आउने गरेका छन् । कोरोनाको जस्तै लक्षण देखिए पनि उनीहरूको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ,’ उनले भने, ‘रिपोर्ट नेगेटिभ आए पनि उनीहरूको स्वास्थ्यमा सुधार नआएसम्म चिकित्सकको निगरानीमा राखिएको छ ।’

उपचारमा आएका बिरामीमध्ये ३०/४० जनासम्म भाइरल ज्वरोका बिरामी हुने गरेको उनले जनाए । ‘रुघा, खोकी, टाउको दुख्ने, घाँटी दुख्ने, श्वास फेर्न समस्या हुने, बान्ता आउने, आँखाको भित्री भाग दुख्नेजस्ता लक्षण भएका बिरामीको संख्या बढेको छ,’ उनले भने ।

मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढेको हुन सक्ने उनको अनुमान छ । ‘यस्तो समस्या चिकित्सकको सल्लाहअनुसार घरमै बसेर औषधि खाँदा पनि निको हुन सक्छ,’ उनले भने, ‘ज्वरोका कारण गम्भीर स्वास्थ्य समस्या देखिएकालाई केहीलाई मात्र अस्पतालमै राखेर सेवा दिइरहेका छौं ।’

ज्वरो आएमा चिकित्सकसँग जँचाएर औषधि खाने, प्रशस्त पानी पिउने, आराम गर्ने, पोसिलो खानेकुरा खाने, नियमित बाफ लिनाले स्वास्थ्यलाभ हुने स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारी बताउँछन् । ‘हाल धेरैमा देखिएको ज्वरो भाइरल हो तर केही दिनमा आफैं निको हुन्छ भनेर बेवास्ता गर्न थालियो भने स्वास्थ्यमा गम्भीर समस्या ल्याउन पनि सक्छ,’ उनले भने ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…