चीनले बनायो नयाँ हाइपरसोनिक हतियार, शत्रुमाथि प्रहार भएको छ भन्ने नै थाहा नै नहुने

चीनले उच्च फ्रिक्वेन्सीको इलेक्ट्रोम्याग्नेटिक पल्स उत्पन्न गर्ने नयाँ हाइपरसोनिक हतियार बनाएको छ । यस हतियारले कुनै पनि शहरको सञ्चार र विद्युत् आपूर्ति ठप्प बनाइदिन सक्छ ।

यो एक मिसाइल हो जसको रेन्ज ३२ सय किलोमिटरभन्दा बढी छ । यो क्षेप्यास्त्र आवाजभन्दा ६ गुणा बढीको गतिमा उड्न सक्छ । कुनै पनि शहरमाथि रासायनिक विस्फोट गराएर सञ्चार तथा विद्युत् आपूर्ति ठप्प बनाउने क्षमता यससँग छ ।

बेइजिङको चाइना एकेडमी अफ लोन्च भेहिकल टेक्नोलोजीका अनुसन्धाताहरूका अनुसार, यसले अन्तरिक्षमा तैनाथ अर्ली वार्निङ सिस्टमलाई झुक्याउन सक्छ ।

टार्गेट एरियामा पुगेपछि क्षेप्यास्त्रमा रासायनिक वि’स्फो’ट हुन्छ । यसले फ्लक्स कम्प्रेसर जेनरेटर भनिने विद्युतीय ऊर्जाप्राप्त चुम्बकलाई कम्प्रेस गरिदिन्छ । यसबाट शक एनर्जी बन्छ र त्यो शक एनर्जी शक्तिशाली इलेक्ट्रोम्याग्नेटिक पल्समा परिणत हुन्छ ।

यसले दुई किलोमिटरको दायरामा कुनै पनि कम्युनिकेसन नेटवर्कमा प्रमुख विद्युतीय उपकरणलाई बिगारिदिन सक्छ । यस ह’तिया’रबाट यु’द्धको दिशा नै परिवर्तन हुन सक्छ । शत्रुलाई आफूमाथि प्र’हार भएको छ भन्ने नै थाहा हुन्न ।

चीनले देखायो आफ्नो अत्याधुनिक वायुसैन्य हैतियार

चीनले मंगलवार आफ्नो अत्याधुनिक वायुुसैन्य हतियारको प्रदर्शनी गरेको छ । त्यसक्रममा उसले निगरानी गर्ने ड्रोन र शत्रुका विद्युतीय उपकरणलाई जाम गर्ने जेटहरू पनि देखाएको छ । ताइवान, दक्षिण चीन सागर र अन्य क्षेत्रमा तनावको स्थितिमा चीनले यस्तो प्रदर्शन गरेको हो ।

दक्षिणतर्फ रहेको तटीय शहर चुहाईमा आयोजित विशाल एयरशोमार्फत बेइजिङले आधुनिक युद्धका लागि आफ्नो सेनालाई अद्यावधिक गराउन खोजेको छ । युद्धको प्रविधि तथा लगानीमा चीन अहिले पनि अमेरिकाभन्दा पछि परेको छ तर उसले त्यस अन्तरलाई घटाउँदै लगेको विज्ञहरू बताउँछन् ।

प्रदर्शनीमा चीनको सिंगल इन्जिन जे–१० र जे–२० स्टेल्थ ल’डाकू विमान पनि १३औं चाइना इन्टरनेसनल एभिएसन यान्ड एरोस्पेस एक्जिबिसनमा देखाइएको छ ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…