पोलको भाडा किन बढाइयो ? कुलमानको जवाफ, ‘पोलमा रहेका तारलाई व्यवस्थित गर्न’

काटमाठौं । नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पोलमा रहेका तारलाई व्यवस्थित गर्नका लागि पोल भाडा बढाइएको बताएका छन् ।

मंगलबार तराई बिकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौंमा आयोजना गरेको नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चूनौती बिषयक छलफलमा घिसिङले विद्युतका पोलले धान्नै नसक्ने गरी इन्टरनेटका तारहरु राखिएकाले त्यसलाई व्यवस्थित गर्न पोल प्रयोगको भाडा बढाइएको बताएका हुन् ।

उनले इन्टरनेट सेवा प्रदायकमार्फत् यसअघि प्राधिकरणले २५ करोड उठाउँदै आएकोमा अब बढेर ५० करोड र उक्त रकम प्राधिकरणका लागि ठूलो रकम नभएको बताए । अहिले पोलमा रहेका ९५ प्रतिशत तारहरु काम नलाग्ने अवस्थामा रहेको र त्यसलाई निकाल्न इन्टरनेट सेवा प्रदायकले कुनै चासो नदेखाएको उनले बताए ।

कार्यक्रममा इन्टरनेट सेवा प्रदायकका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले ग्राहकका आधारमा नाफा कमाउन पोल प्रयोगको भाडा बढाएको आरोप लगाए । उनले यसअघि पोलको भाडा २०५ रुपैया लिइने गरेकोमा अहिले प्रति पोल र प्रतिकिलोमिटरका आधारमा ७५० रुपैया तिर्नुपर्ने अवस्था आएको गुनासो गरे ।

प्राधिकरणले पोल भाडा बढाएसँगै शहरी क्षेत्रमा इन्टरनेट सेवाको मासिक १५० र ग्रामिण क्षेत्रमा ३०० रुपैया बढाउन आफूहरुले प्रस्ताव गरेको उनको भनाइ छ । यसअघि प्राधिकरणले विद्युत् पोल र ओपीजीडब्ल्यू केबलको भाडादर बढाउने निर्णय गरेको थियो ।

त्यस्तै कार्यक्रमका सहभागीहरुले नेपालमा सूचना प्रविधि प्रयोग बढ्दै जाँदा गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए ।

 

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…