पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै अफ्रिदीले आतिथ्य सत्कारका लागि नेपालीलाई धन्यवाद दिएका छन् ।

‘शाही आतिथ्य सत्कारका लागि नेपालीलाई हृदयदेखि नै धन्यवाद र म विमानबाट बाहिर निस्किनेबित्तिकै घरजस्तै महसुस भयाे । निकै धेरै सम्झना लिएर घर फर्किएकाे छु’, उनले ट्विटरमा लेखेका छन् । साथै अफ्रिदीले नेपाल र पाकिस्तानबीच खेलकाे याेजना बनाएकाे पनि ट्विटरबाटै जानकारी गराएका छन् ।

अफ्रिदी काठमाण्डाै किङ्ग्स इलेभेनबाट चाैथाै संस्करणकाे ईपीएलकाे दुई खेल खेल्न गएकाे बिहीवार नेपाल आएका थिए । उनले दुई खेल खेल्ने कार्यक्रम रहे पनि एक खेलमात्र खेलेर फर्किएका हुन् ।

गएकाे शनिवार अफ्रिदीले ललितपुर प्याट्रियटर्सविरुद्ध खेलेका थिए । त्यस खेलमा ४ ओभरमा ३२ रन दिएका अफ्रिदीले विकेट हात पारेनन् । काठमाण्डाैले ललितपुरलाई सात विकेटले हराएकाे खेलमा उनले ब्याटिङ गर्नुपरेको थिएन ।

भर्खरै प्रकाशित

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा…

पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा कलाकारको लर्को

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो ।…

यति एयरलाइन्सले पनि पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

काठमाडौं । नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व…

भारतले अरुणाचल प्रदेशमा तैनाथ गर्‍यो बोफोर्स तोप, युद्धको तयारी ?

अरुणाचल प्रदेशका विषयमा भारत र चीनबीचको विवाद झन् झन् चर्किएको छ । केही दिनअघि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लीच्यानले चीन अरुणाचल प्रदेशलाई मान्यता दिँदैन…